alliance khabar

आइतबार, साउन २५, २०८२

बागलुङ (गलकोट) साउन २५ गते ।

धवलागिरी बहुमुखी क्याम्पस बागलुङले पहिलोपटक प्राविधिक विषयमा पठनपाठन सुरु गरेको छ । व्यवस्थापन सङ्कायतर्फ त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा नै सर्वोत्कृष्ट बनेको क्याम्पसले अब भने प्राविधिक विषयमा पठनपाठन थाल्ने भएको हो ।

स्नातक तहमा यसै शैक्षिक सत्रदेखि प्राविधिक विषयको पठनपाठन सुरु भएको कार्यक्रम संयोजक शिव पौडेलले बताउनुभयो । साविकको धौलागिरी क्षेत्रका चार जिल्लामा रहेका क्याम्पसहरुमा बीआईसीटीई कक्षा सञ्चालन गर्ने धवलागिरी पहिलो क्याम्पस भएको हो ।

२१ औं शताब्दीको शिक्षक बन्ने विद्यार्थीको चाहना पूरा गर्ने, प्रविधि र शिक्षा दुवैमा दक्ष बनाउने अभियानअन्तर्गत प्राविधिक विषयमा पठनपाठन सुरु गरिएको पौडेलले बताउनुभयो ।

बिआईसिटिई कार्यक्रमले शिक्षण र डाटा विश्लेषणमा नविनतम् प्रविधिको प्रयोग गर्न सक्ने जनशक्ति तयार गर्ने उनले बताए । डिजिटल युगमा अत्यावश्यक सुरक्षा सीप र नेटवर्क व्यवस्थापनमा दक्ष जनशक्तिको उत्पादन अव धवलागिरीमा नै हुने  अपेक्षा राखिएको छ ।

बिआईसिटिई पढेका विद्यार्थीले सरकारी तथा गैरसरकारी संस्थामा रोजगारीका लागि तयार हुनुका साथै स्वरोजगार समेत बन्न सक्ने भएकाले यसको माग बढेको र  क्याम्पसले  समयको मागलाई ध्यान दिएर प्राविधिक विषय  विद्यार्थीहरुलाई पढाउन थालेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल