alliance khabar

शुक्रबार, साउन २३, २०८२

दोलखा, साउन २३ गते ।

दोलखाको गौरीशङ्कर गाउँपालिका–८, खारेमा निर्मित खारे माध्यमिक विद्यालयको दुईकोठे भवन गाईगोठमा परिणत भएको छ । बागमती प्रदेशको २५ लाख रुपियाँको लगानीमा बनेको विद्यालय खासै चासोमा नपर्दा प्रयोगविहीन भएर भवन गाईगोठ बनेको हो । स्थानीय समाजसेवी दिव्यध्वज कार्कीले विद्यालयलाई दान दिनुभएको जग्गामा लहडबाजीमै प्रदेशको लगानीमा बनेको सो भवन घेरबारसमेत नहुँदा स्थानीयले जबरजस्ती गाईगोठ बनाएका हुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सानुराजा शेर्पाले भन्नुभयो, “गाउँलेले सार्वजनिक स्थानमा गाई राख्न पाइन्छ भन्दै बाँधेका छन् । गाई हटाउन अनुरोध गर्दा पनि नमानेका कारण समस्या भएको छ ।” उहाँले जग्गा र भवन संरक्षण गर्न घेरबार लगाउने तयारी भइरहेको जानकारी दिनुभयो । घेरबारपछि भवनलाई रङरोगन गरी शिक्षक तथा विद्यार्थीको आवास बनाउने योजना रहेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल