alliance khabar

बुधबार, साउन २१, २०८२

बर्दिबास, साउन २१ गते । 

सरकारले उखुमा दिँदै आएको अनुदान कटौती गरेको विरुद्धमा उखु कृषकहरुले टायर बालेर प्रदर्शन गरेका छन् ।

उखु उत्पादक कृषक संघ महोत्तरीको नेतृत्वमा ऐक्यबद्ध भएका किसानहरुले रामनगरस्थित एभरेष्ट चिनी मीलको मूल गेटमा बुधबार टायर बालेर विरोध जनाएका हुन् । यसअघि साउन १८ गते उखु किसानले प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका थिए ।

टायर बाल्ने क्रममा उखु कृषकहरुले ‘किसानको माग पूरा गर, उखुको अनुदान फिर्ता गर, झुठो आश्वासन चाहिँदैन किसान मार्न पाइँदैन, किसान एकता जिन्दावाद’ जस्ता नारा लगाएका थिए ।

सरकारले चालु आर्थिक वर्ष ०८२/८३ को बजेटमा उखुमा दिँदै आएको प्रति क्वीन्टल ७० रुपियाँ अनुदान कटौती गरेको विरोधमा उखु किसानले आन्दोलन गर्नुपरेको बताएका छन् ।

विरोध सभालाई सम्बोधन गर्दै उखु उत्पादक कृषक संघ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवहाले खडेरीले आक्रान्त किसानलाई राहत दिनुको साटो अनुदान पनि कट्टा गरेर सरकारले अन्याय गरेको बताउनुभयो ।

उहाँका अनुसार उद्योगपतिले उखुको उचित मूल्य नदिए पनि ७० रुपियाँले उखु किसानलाई थोरै भए पनि राहत दिएकाले यो अनुदानले उखु खेतीप्रति किसानको भरोसा र उत्साहलाई जोगाइराख्न सघाएको थियो ।

कुशवहाले भन्नुभयो, ‘‘मूल्य पनि नबढाउने र अनुदान पनि कटौती गरेपछि बाध्य भएर आन्दोलनमा उत्रनु परेको हो । सरकारले सुनवाई नगरे उखु खेती त्याग्नुको विकल्प देखिदैन ।’’

उखु उत्पादक कृषक महासङ्घका केन्द्रीय सदस्य महाशङ्कर थिङले अनुदान कटौतीका कारण महोत्तरीका मात्र १४ हजार ५३३ जना उखु कृषकलाई प्रत्यक्ष मार परेको बताउनुभयो ।

उहाँका अनुसार सरकारले राज्य कोषबाट अनुदान दिने हैन । किसानले उत्पादन गरेको उखुबाट सरकारले भ्याटबापत वार्षिक तीन अर्वभन्दा बढी राजस्व प्राप्त गर्छ । त्यसैबाट देशभरका उखु किसानलाई अनुदानवापत एक अर्ब ६० करोड रुपियाँ मात्र दिने हो । किसानले उखु खेती नै नगरी दिने हो भने सरकारको पनि एक अर्ब ४० करोड राजस्व गुम्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘७० रुपियाँ अनुदान दया हैन किसानको हक हो । यो हक मार्न पाइन्न । कटौती गरेको अनुदान तुरुन्त फिर्ता गरेर किसानको आँसु पुछ्न सरकारसँग फेरि पनि हाम्रो अनुरोध छ ।’’

कार्यक्रममा उखु किसान तथा लोसपा नेता देवनारायण महतोले मलखादको अभावका साथै उखु खेतीको लागत बढदै गएको अवस्थामा अनुदान कटौती गरेर किसानमाथि अन्याय गरेको बताउनुभयो ।

यसबिच माग पूरा नभए आगामी भदौ ८ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने उखु कृषकहरुले जनाएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल