alliance khabar

शनिबार, साउन १७, २०८२

काठमाडौँ, साउन १७ गते ।

‘कोदोजन्य परिकारको आहार : खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ नाराका साथ विविध कार्यक्रम गरी देशव्यापी रूपमा पहिलो कोदो दिवस मनाइएको छ । सरकारले कोदोजन्य बालीको आयात रोक्न र उत्पादन बढाउन पहिलो पटक साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउने घोषणा गरेको थियो ।

कोदो दिवसका अवसरमा भक्तपुरको चाँगुनारायणमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मुलुकको बढ्दो खाद्यान्न आयात कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले कोदो खेतीमा अग्रसर हुन कृषकलाई आग्रह गर्नुभयो ।

पहिलो राष्ट्रिय कोदो दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले बढ्दो आयातको खाडल कम गर्न र निरोगी नेपालको लक्ष्य हासिल गर्न कोदो खेती सबैभन्दा उत्तम विकल्प भएको बताउनुभयो । मन्त्री अधिकारीले जलवायु परिवर्तनका कारण उत्पन्न सुक्खा तथा खडेरी जस्ता अवस्थामा पनि कोदो उत्पादनमा कुनै असर नपर्ने भएकाले कोदो खेती प्रवर्धन गर्न सरकारले कार्यक्रम र बजेटसहित कृषकसँग सहकार्य अघि बढाउने निर्णय गरेको पनि जानकारी दिनुभयो ।

गत वर्ष दुई लाख २५ हजार हेक्टरमा भएको कोदो खेतीबाट तीन लाखभन्दा बढी मेट्रिक टन उत्पादन भएकोमा यस वर्ष त्यो तथ्याङ्कमा उल्लेख्य रूपमा वृद्धि गर्ने गरी सरकारले कार्यक्रम अघि बढाएको मन्त्री अधिकारीले जानकारी दिनुभयो ।

हरेक वर्ष ५० अर्ब बढी रुपियाँ धान चामलको आयातमा बिदेसिने गरेकोमा यस वर्ष सुक्खाले थप २० प्रतिशत धान उत्पादन घढ्ने भएकाले सम्भावित खाद्यान्न सङ्कट न्यूनीकरण गर्न कोदो उत्पादन अभियानमा सबै किसान जोडिनु आवश्यक भएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल