alliance khabar

बुधबार, साउन १४, २०८२

माछापुच्छरे (कास्की), साउन १४ गते ।

नेपाल खेलकुद पत्रकार मञ्चले विगत २१ वर्षदेखि काठमाडौँ गर्दैआएको एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको २२ औँ संस्करण पोखरामा हुने भएको छ ।

मञ्चले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार आगामी भदौ २९ गते पोखरा इभेन्ट सेन्टरमा अवार्ड कार्यक्रम हुनेछ । एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०८१ मा विगत वर्षहरुमा झै यो वर्ष पनि १० विधामा खेलाडी तथा खेलकर्मीहरुलाई सम्मान गरिने मञ्चका महासचिव अञ्जन खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार वर्ष उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक,  पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, टिम अफ दी इयर, स्पेसल अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड र एसिएन स्पोर्टस् जर्नालिस्ट अवार्ड प्रदान गरिनेछ ।

उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले जनही पल्सर मोटरसाइकल र अन्य विधाका विजेताले एक लाख नगद पुरस्कार प्राप्त गर्ने महासचिव खड्काले बताउनुभयो ।

खेलप्रेमीको मतका आधारमा विजेताको चयन हुने पिपल्स च्वाइस अवार्डका लागि पाँच उत्कृष्ट खेलाडीको मनोनयन मञ्चले केही दिनमा सार्वजनिक गर्ने मञ्चका निवर्तमान अध्यक्ष देवेन्द्र सुवेदीले बताउनुभयो ।

त्यसैगरी उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षक विधामा पनि पाँच–पाँच जनाको मनोनयन सार्वजनिक गरिनेछ । अवार्डको मुख्य प्रायोजकको रुपमा गोल्छा गु्रपको पल्सर मोटरसाइकल रहेको छ । १७ वर्षदेखि गोल्छा गु्रपले मञ्चसँग सहकार्य गरिरहेको छ ।

महानगरपालिका र मञ्चबिच सम्मौता 

स्पोर्टस् अवार्ड सफल बनाउन पोखरा महानगरपालिका प्रवद्र्धकको रुपमा रहेको छ । पत्रकार सम्मेलनमा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले सम्मmौतापत्रमा हस्ताक्षर गर्नुभयो । सम्मौताअनुसार अवार्डको प्रवर्धकको भूमिका पोखरा महानगरपालिकाले गर्नेछ ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्पोर्टस् अवार्डले पोखरा भ्रमण वर्षलाई सफल बनाउन सहयोग गर्ने बताउनुभयो । पर्यटनका लागि खेल क्षेत्र महत्वपूर्ण भएकाले अवार्ड कार्यक्रममा सहकार्य गरेको उहाँको भनाइ छ । यो अवार्डले पोखरालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने विश्वास मेयर आचार्यको छ ।

मञ्चका अध्यक्ष नीरञ्जन अधिकारीले पोखरा महानगरको दरिलो साथका कारण नै अवार्डलाई पोखरामा गर्न लागिएको बताउनुभयो । खेल पर्यटनको सम्भावना बोकेको सहर पोखरा भएको र पोखरा भ्रमण वर्षको सन्दर्भ पारेर काठमाडौँपछि पहिलो पटक पोखरामा अवार्ड गर्न लागिएको अधिकारीको भनाइ छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमवी आस्थाले अवार्ड कार्यक्रम पोखराको लागि सिकाइको थलो बन्ने अपेक्षा व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल