alliance khabar

बुधबार, साउन १४, २०८२

चितवन, साउन १४ गते । 

खोला तरेर हिँड्नु पर्ने बाध्यता माडीको सिमरावासीमा हट्न लागेको छ । माडी नगरपालिका–३ सिमराका बासिन्दालाई बजार आउन पैदल नै खोला तरेर जानु पर्ने अवस्था थियो । वर्षौदेखि रिउ खोलामा पैदल तर्दा बगाएर ज्यान जाने जोखिम रहेको थियो ।

माडीको मुख्य बजार वसन्तपुरबाट ३ किलोमिटर टाढा चितवन राष्ट्रिय निकुञ्ज र खोलाले घेरेको सिमरा वस्तीमा जान सधैँ समस्या हुँदै आएका थिए । अहिले सङ्घीय सरकारको बजेटमा झोलुङ्गे पुल निर्माणधिन रहेको छ । दुई सय ३८ मिटर लम्बाइको पुल निर्माण अन्तिम चरणमा पुगेको छ ।

सस्पेन्सन ब्रिज डिभिजन कार्यालय पुलचोक तलितपुरका इन्जिनियर दीपक तिमल्सिनाले भदौको अन्तिमसम्ममा निर्माण सम्पन्न गर्ने गरी काम भएको जानकारी दिनुभयो । दुई करोड ६५ लाख रुपियाँमा ठेक्का लागेको पुलको अहिले दुवै तर्फ टावर निर्माण भइसकेको छ । लठ्ठा तान्ने र प्लेट बिछ्याउने काम मात्र बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

सहरी विकास मन्त्राय स्थानीय पूर्वाधार विकास विभागमार्फत आएको बजेटले निर्माण कार्य भएको उहाँले बताउनुभयो । “दसैं अगाडि नै निर्माण सकेर स्थानीयले यात्रा गर्न सक्ने गरी काम भएको छ,” इन्जिनियर तिमल्सिनाले भन्नुभयो, “सिमराका स्थानीय खोला वर्षातमा पनि पैदल नै खोला तरेर बजार आउने गरेका छन् ।” निर्माण कम्पनीलाई छिटो काम गर्न दवाव दिएको उहाले बताउनुभयो ।

कान्छाराम युनिकन जेभीले ठेक्का पाएको निर्माणमा अहिलेसम्म कुनै समस्या नभएको कम्पनीका प्रतिनिधि हरि खड्काले जानकारी दिनुभयो । “हामीले सबै सामग्री ल्याइसकेका छौँ, कुनै समस्या छैन,” उहाँले भन्नुभयो, “लठ्ठा तान्ने काम सुरु भएको छ । यो केही दिनमा सकिन्छ त्यसपछि हिँड्ने स्थानको प्लेट बिछ्याउने काम हुनेछ ।”

माडी नगरपालिका प्रमुख ताराकुमारीकाजी महतोले पालिकाको सबैभन्दा पिछडिएको वस्तीमा सुविधा दिन पाउँदा खुसी लागेको बताउनुभयो । खोला र निकुञ्जले घेरिएको सिमरा गाउँमा थारु समुदाय मात्र बसोबास गर्दै आएका छन् । खेती राम्रो हुने भएकाले यहाँका बासिन्दा अन्यत्र बसाइँ सरेर जान सकेका छैनन् । ८५ घर धुरी रहेको यहाँ जान पक्की पुल निर्माण गर्न ठुलो बजेट लाग्ने भएकाले बनाउन नसकिएको पालिका प्रमुख महतोले बताउनुभयो । सङ्घीय सरकार मार्फत आएको बजेटबाट झोलुङगे पुल निर्माण भएपछि बासिन्दाले धेरै राहत पाउने उहाँको भनाइ छ ।

स्थानीय अगुवा श्री दवाडीले मौलिक परम्पराको शैलीमा निर्माण भएको थारु जातिको घर भएको यहाँको अलग्गै साँस्कृतिक विशेषता रहेको बताउनुभयो । “यस वस्तीको संरक्षण र विकासका लागि हामीले धेरै मेहनत गरेका छौँ,” उहाँले भन्नुभयो, “नगरपालिका कार्यालय दैनिक उपभोग्य सामग्री लिन अध्ययन गर्न आउन पनि ज्यादै कठिनको अवस्था रहेको थियो ।” पुल निर्माण भएपछि यहाँको सामाजिक आर्थिक विकासमा टेवा पुग्ने उहाले बताउनुभयो । ८५ घर धुरी मध्य ८३ घर थारुको वस्ती रहको छ ।

खडाइको वार खपटाले छाएको छानो रहेको मौलिक सस्कृति देखिने यस क्षेत्रको संरक्षणका लागि डिपिआर निर्माण भएर काम अगाडि बढाएको दवाडीले जानकारी दिनुभयो । अब झोलुङ पुल निर्माण भएपछि यस क्षेत्रलाई सास्कृतिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न काम गर्ने जानकारी दिनुभयो ।

पालिकाले झोलुङ्गे पुल निर्माण पूरा भएपछि थारु वस्ती प्रवेश गर्ने मुल स्थानमा स्थानीय शैलीमा प्रवेशद्वार निर्माण गरेर यहाँको संरक्षणको काम अगाडि बढाउने तयारी रहेको पालिका प्रमुख महतोले बताउनुभयो । थारु वस्ती रहेको सिमरालाई संरक्षणको कामको लागि पालिकाले आउदा दिनमा बजेट विनियोजन गरेर काम गर्ने प्रमुख महतोले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल