alliance khabar

आइतबार, साउन ११, २०८२

ढल्केबर, साउन ११ गते ।

 वर्षाको कामना गर्दै धनुषाको धनुषाधामस्थित धनुष मन्दिरमा दुध चढाइएको छ । लामो समयदेखि वर्षा नभएपछि स्थानीय किसानले वर्षाको कामना गर्दै मन्दिरमा दुध चढाएका हुन् ।

धनुष मन्दिरमा दुध चढाएमा वर्षा हुने जनविश्वास छ । तीन वर्ष पहिला पनि यस्तै खडेरी लाग्दा दुध चढाएपछि वर्षा भएको स्थानीयको भनाइ छ । त्यही विश्वासले आइतबार बिहान विशेष पूजाको आयोजना गरी मन्दिरभित्र रहेको धनुषको टुक्रामा स्थानीय किसानले दुध अर्पण गरेको मन्दिरका पुजारी भरतदास वैष्णवले बताउनुभयो ।

वर्षाको पुकार गर्दै धनुषाधाम नगरपालिकाका नगर प्रमुख बालेश्वर मण्डललगायत चार सयभन्दा बढी किसानले दुध चढाएका छन् । पानी नपर्दा यसरी नै पुस्तौँदेखि यहाँ दुध चढाउने परम्परा रहेको उहाँले जानकारी दिनुभयो । साउन महिनाको दोस्रो साता बितिसक्दा समेत वर्षा नहुँदा धान रोप्न नपाएर चिन्तित बनेका यहाँका किसानले घरघरबाट लिएर आएको दुध प्रसिद्ध धनुष मन्दिरमा चढाएको स्थानीय युवा नागेन्द्र महराले बताउनुभयो ।

पम्पिङ सेटबाट सिँचाइ गरेर कतिपय किसानले धान रोपेको भए पनि चर्को घामले धानबाली डढ्न थालेको छ । पानी नपर्दा मुठी छरेर मानो फलाउने आशा लिएर बसेका किसानले धानको बीउ छरे पनि रोप्न नपाएर चिन्तित देखिएको महराको भनाइ छ ।

धनुषालगायत तराई मधेशका क्षेत्रमा लामो समयदेखि वर्षा नहुँदा धान रोपाइँ प्रभावित भएको छ भने खानेपानीको सङ्कसमेत उत्पन्न भएको छ । कृषि विकास निर्देशनालय मधेश प्रदेशको पछिल्लो तथ्याङ्कअनुसार मधेश प्रदेशमा ३४ मात्र धान रोपाइँ भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल