alliance khabar

शनिबार, साउन १०, २०८२

मकवानपुर, साउन १० गते ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा तामाङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । मुख्यमन्त्रीबाट हटाउन भन्दै नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरूले कांग्रेस संसदीय दलका नेता लामाविरुद्ध शुक्रबार अविश्वास प्रस्ताव दर्ता गराएका छन् । प्रदेश सभा सदस्यहरूको हस्ताक्षरसहित कांग्रेस संसदीय दलका सचिव कृष्णबहादुर तामाङसमक्ष प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरिएको हो ।

प्रदेश सभा सदस्य श्रीराम लामिछानेले आफूसहित २१ जना प्रदेश सभा सदस्यले हस्ताक्षर गरी अविश्वास प्रस्ताव दर्ता गराएको जानकारी दिनुभयो । उहाँले अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेमा प्रदेश सरकारबाट राजीनामा दिएका मन्त्रीसमेत रहेका बताउनुभयो ।

प्रदेश सभामा कांग्रेसका ३७ प्रदेश सभा सदस्य छन् । कांग्रेस बागमती प्रदेश सभाको संसदीय दलको नेताका लागि २०७९ पुसमा भएको निर्वाचनमा २१ मत प्राप्त गरी कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका तामाङ निर्वाचित हुनुभएको थियो । उहाँका प्रतिस्पर्धी कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले १६ मत प्राप्त गर्नुभएको थियो ।

चार मन्त्रीद्वारा राजीनामा 

मकवानपुरगढी समाचारदाताका अनुसार यसअघि बागमती प्रदेश सरकारका चार मन्त्रीले शुक्रबार राजीनामा दिएका थिए । राजीनामा दिने चारै जना नेपाली कांग्रेसबाट प्रतिनिधित्व गरी  मन्त्री बनेका हुन् ।

बागमती सरकारमा मुख्यमन्त्रीसहित कांग्रेसबाट सरकारमा आठ जना सामेल थिए । तीमध्ये चार जनाले राजीनामा दिएका छन् । राजीनामा दिनेमा संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने हुनुहुन्छ ।

संसदीय दलको नेताबाट लामालाई हटाएर नयाँ मुख्यमन्त्री नियुक्त गर्ने प्रव्रिmयाका लागि कांग्रेस प्रदेश सभा सदस्यहरूले प्रक्रिया अघि बढाएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल