alliance khabar

बुधबार, आषाढ ११, २०८२

मकवानपुर, असार ११ गते ।

 त्रिभुवन राजपथको मकवानपुरतर्फ सवारी आवागमन दुई दिनका लागि बन्द गरिने भएको छ । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको लामिडाँडा–सिमभञ्ज्याङ्ग सडक खण्डमा शुक्रबार र शनिबार सवारी आवागमन बन्द हुने भएको हो ।

सडक डिभिजन हेटौँडा, मकवानपुरले त्रिभुवन राजपथअन्तर्गत लामिडाँडा– सिमभञ्ज्याङ्ग सडक खण्ड मकवानपुरको रानी भञ्ज्याङ्ग मोडमा सडक मर्मत तथा ह्युम पाइप विछ्याउने कार्य गरिने भएकाले सवारी आवागमन बन्द गरिएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कंडेलले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार र शनिबार दुई दिन दिउँसो १२ देखि ४ बजेसम्म उक्त सडक खण्डमा सवारी आवागमन बन्द हुने छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल