सल्यान, असार ७ गते ।
शनिबार सल्यानमा छ घण्टा विद्युत आपूर्ति बन्द रहने भएको छ । नेपाल विद्युत प्राधिकरण सल्यान वितरण केन्द्रले गते शनिबार बिहान ११ देखि दिउँसो ५ बजेसम्म विद्युत आपूर्ति बन्द रहने जानकारी दिएको हो ।
तुलसीपुरदेखि शितलपाटी र शितलपाटीदेखि थारमारेसम्मको ३३ केभी प्रशारण लाइन वरपर रहेका रुखका हाँगाहरू काट्ने, लाइन पेट्रोलिङ गर्ने, तथा वर्षा र पहिरोको जोखिममा रहेका विद्युतीय संरचनाहरूको मर्मतसम्भार गर्नुपर्ने भएकाले सो अवधिमा विद्युत आपूर्ति बन्द गरिने सल्यान वितरण केन्द्रका निमित्त प्रमुख काली बहादुर बुढाथोकीले जानकारी दिनुभयो ।
समयमै काम सम्पन्न भएमा तोकिएको समयभन्दा अगावै लाइन सुचारु हुने उहाँको भनाइ छ । शितलपाटी सबस्टेशनअन्तर्गतका सबै फिडर र बागचौर सबस्टेशनअन्तर्गतका सबै फिडरमा विद्युत आपूर्ती बन्द रहने विद्युत वितरण केन्द्र सल्यानले जनाएको छ ।
सल्यानमा पछिल्लो समय पटक-पटक विद्युत सेवा अवरुद्ध हुने गरेको छ । जसका कारण विद्युत प्रयोगकर्ताहरुले विभिन्न समस्या झेल्दै आएका छन् ।