चौमाला (कैलाली), असार ६ गते ।
कैलालीको गोरीगंगा नगरपालिकामा एक सुत्केरी महिला मृत अवस्थामा फेला परेकी छन् ।
जिल्लाको गौरीगंगा नगरपालिका–७ को कैलाशपुरमा शुुक्रबार बिहान सोही ठाउँ बस्ने १९ वर्षीय तुलसी नाथ घर नजिकै फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले नाथ मृत भेटिएको बताउँदै घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
उहाँकाअनुसार अहिले इलाका प्रहरी कार्यालय मालाखेतीको टोली घटनास्थल पुगेको बताउनुभयो ।
घटनास्थल पुगेका इप्रका मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दले मृत भेटिनुभएको नाथ सुत्केरी अवस्थाको भएको खुुलेको बताउनुभयो ।
घरको मूल गेट अगाडिको नालामा मृत भेटिएकाले अहिले घटनास्थल सिल गरेर अनुसन्धान अघि बढाइएको जनाइएको छ । मृतक नाथको १६ दिनको नवजात शिशु भने समान्य अवस्थामै भेटिएका छन् । मृत्युु कसरी भएको हो भन्ने बारे अहिले नै भन्न सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ ।