alliance khabar

शुक्रबार, आषाढ ०६, २०८२

सल्यान, असार ६ गते ।

 सल्यान र दाङ जिल्लाको सिमाना चोरखोलामा ठुलो पहिरो जाँदा राप्ती राजमार्ग अवरुद्ध भएको छ । कपुरकोट गाउँपालिका–३ स्थित चोरखोलामा अविरल वर्षासँगै गएको पहिराले कपुरकोट–दाङ सडकखण्ड पूर्णरूपमा ठप्प बनेको हो ।

बिहीबार राति ९ः५५ देखि पहिरो झरेका कारण सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । शुक्रबार बिहान ६ बजेदेखि बाटो खोल्ने प्रयास जारी रहे पनि निरन्तरको वर्षाका कारण पहिरो हटाउने काममा कठिनाइ भएको छ ।

कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा पुनले भन्नुभयो, “पहिरो रोकिएलगत्तै दुई–तीन घण्टामा सडक खुलाउन सकिने अनुमान छ ।” उहाँका अनुसार सडक डिभिजन कार्यालयको मेसिन प्रयोग गरी पहिरो हटाउने प्रयास भइरहेको छ ।

राप्ती राजमार्गको सल्यान–दाङ सडकखण्डमा वर्षाैँदेखि पहिरोको समस्या हुँदै आएको छ । जसका कारण यातायात सञ्चालनमा पटक–पटक अवरोध हुने गरेको छ भने यात्रा समेत जोखिमयुक्त बन्ने गरेको छ । पहिरोका कारण लामो तथा छोटो दूरीका सयौँ सवारी साधन बिच बाटोमै अलपत्र परेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल