alliance khabar

बिहिबार, आषाढ ०४, २०८२

नवलपुर, असार ५ गते ।

नवलपुर प्रहरीले नारायणघाट–बुटवल सडकको वैकल्पिक मार्ग प्रयोग गर्न सबैसित अनुरोध गरेको छ ।  लगातारको वर्षापछि आएको बाढीले विनयी खोलाको डाइभर्सनमा क्षति पुर्‍याएको तथा दुम्किवास–दाउन्ने सडक खण्डको विश्वकर्मा मन्दिर, घ्युखेलालगायत स्थानका सडक चिप्लो भई अघि बढ्न नसक्ने तथा चिप्लेर फसी आवागमनमा अवरोध भएको जनाएको छ ।

प्रहरीले बिहीबार बिहान विज्ञप्ति जारी गर्दै सकेसम्म यो सडक भएर यात्रा नगर्न र वैकल्पिक मार्गको प्रयोग गर्न सबैसित अनुरोध गरेको हो । प्रहरीका अनुसार पूर्ववाट पश्चिम जाने ठुला सवारी साधन नारायणघाट–मुग्लिन–पोखरा–स्याङ्जा हुँदै बुटबल निस्कन सक्ने छन् ।

त्यस्तै, पश्चिमबाट पूर्व जाने ठुला सवारी साधनहरु बुटवल–स्याङ्जा–पोखरा–मुग्लिन हुँदै गन्तव्यमा जान सक्ने छन् । साना सवारी साधनको हकमा भने बाटोको अवस्था बुझेर कालीगण्डकी करिडोरअन्तर्गत गैँडाकोट, पिपलडाँडा सडक खण्डबाट यात्रा गर्न सकिने प्रहरीले स्पष्ट पारेको छ । तर करिडोर पनि लगातारको वर्षाले ठाउँठाउँमा पहिरो र बाढीको जोखिम रहेको छ ।

बाढीले मङ्गलबारदेखि दुम्किवासस्थित विनयी खोलाको डाईभर्सन बगाएपछि दिनहुँजसो अवरोध भइरहेको छ । यो डाइभर्सन सात पटकसम्म खोलाले बगाउँदा आवागमन निक्कै कठिन भएको प्रहरीको भनाइ छ ।

त्यस्तै बुधबार दिउँसोदेखि दाउन्नेमा चिप्लो बाटोमा गाडी फस्दा निक्कै लामो जाम लागेको छ भने यात्रा कष्टकर भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल