alliance khabar

बुधबार, जेठ २८, २०८२

गाजा, जेठ २८ गते ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डाक्टर टेड्रोस अधानोम घेब्रेयससले दक्षिणी गाजाको खान युनिसस्थित अल–अमल अस्पताल क्षेत्र वरपर बढ्दो इजरायली आक्रामकका कारण सेवा विहिन भएको चेतावनी दिनु भएको छ ।

सामाजिक सञ्जाल एक्समा डाक्टर घेब्रेयससले अस्पताल विरामीको पहुँच विहिन र नयाँ बिरामी लिन रोक लगाएकाले विरामाीहरुले ज्यान गुमाउनु पर्ने जोखिम बढेको बताउनु भएको छ ।  केहि राष्ट्रिय र अन्तर्राष्ट्रिय चिकित्सा टोलीहरू अझै पनि अस्पताल परिसरमा सीमित चिकित्सा आपूर्तिका साथ बाँकी बिरामीहरूको सेवा गर्न सक्दो प्रयास गरिरहेको उहाँले प्रष्ट पार्नु भएको छ ।

अल–अमल अस्पतालमा नयाँ विरामीहरुका लागि बन्द भएपछि नासिर मेडिकल कम्प्लेक्स घाइते तथा विरामीहरुको उपचारका लागि  एक मात्र अस्पताल भएको उहाँले उल्लेख गर्नु भएको छ ।

अल–अमल र नासेर कम्प्लेक्स दुवैले इजरायली आक्रमण र नाका बन्दीको कारण क्षमता भन्दा बढी घाइते तथा विरामीहरुको उपचार गरिरहेको जनाइएको छ ।

सन् २०२३ अक्टोबरमा गाजामा इजरायली आक्रमण सुरु भएदेखि, २.३ मिलियनभन्दा बढी प्यालेस्टिनीहरूले खराब मानवीय प्रकोपको सामना गरिरहेका छन् । निरन्तर बढ्दो अभावले भयाभह स्थिती निम्त्याउन संयुक्त राष्ट्रसङ्ले बारम्बार चेतावनी  दिएको छ  भने इजरायलले अस्पताल, आश्रय तथा नागरिक पूर्वाधारलाई लक्षित गरि आक्रमण गरी रहेको छ । 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल