alliance khabar

मंगलबार, जेठ २७, २०८२

धम्बोझी, जेठ २७ गते ।

डुडुवा गाउँपालिकाले नेपाल पत्रकार महासंघ बाँके शाखामा सभाकक्ष निर्माण गर्ने भएको छ ।कार्यालयमा सभाहलको आवश्यकता महसुस गरेर बाँके शाखाले गरेको प्रस्तावअनुसार गाउँपालिकाले सभाहल निर्माण गरिदिने भएको हो ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले नेपालगञ्ज वडा नम्बर ४ सञ्चारग्राम (बसपार्क)स्थित महासंघको कार्यालय भवनको प्राविधिकसहित निरीक्षण गर्नुभएको छ । उपाध्यक्ष साहिदा बानो, प्रमुख प्रशासकीय अधिकृत अशोककुमार पाण्डेय, इन्जिनियर सुरेन्द्र बर्मासहित महासंघ कार्यालय पुग्नुभएका अध्यक्ष चौधरीले महासंघको प्रस्तावअनुसार सभाकक्ष निर्माण गरिने बताउनुभयो ।

उहाँले भवन निमार्णको बजेटसहितको स्टिमेट गरेर तत्काल काम सुरु गरिने बताउनुभयो । अध्यक्ष चौधरीले महासंघ भनेको जिल्लाका सम्पूर्ण पत्रकारहरुको साझा घर भएकाले बैठक, छलफल लगायतका कार्यक्रम गर्न सहजताका लागि भवन (सभाकक्ष) निमार्ण गर्न लागेको बताउनुभयो । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले महासंघको प्रस्तावलाई स्वीकार गरेर डुडुवा गाउँपालिकाले सभाहल निर्माणमा सहयोग गर्ने भएपछि आफूहरु उत्साहित भएको बताउनुभयो ।

अध्यक्ष गिरीले उक्त सभाहलको नाम ‘डुडुवा सभाहल’ राखिने बताउनुभयो । आफ्नो नेतृत्वमा महासंघमा नयाँ टिम आएपछि डुडुवा गाउँपालिकाले निरन्तर सहयोग गरिरहेको भन्दै गिरीले स्थानीय सरकारसँगको विश्वास र सहकार्यलाई यसले मजबुत बनाउने बताउनुभयो ।

डुडुवा गाउँपालिकाले यसअघि महासंघ बाँके शाखाले गत फागुनमा आयोजना गरेको सद्भाव वनभोज कार्यक्रममा पनि सहयोग गरेको थियो ।

निरीक्षणका क्रममा अध्यक्ष चौधरीले नेपाल पत्रकार महासंघ बाँके शाखा कार्य समितिसँग छलफल पनि गर्नुभएको थियो । त्यसक्रममा शाखा अध्यक्ष गिरीले अध्यक्ष चौधरी, उपाध्यक्ष बानो र प्रमुख प्रशासकीय अधिकृतलाई महासंघले प्रकाशन गरेको २०८२ सालको भित्तेपात्रो पनि प्रदान गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल