काठमाडौँ, जेठ २० गते ।
हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मङ्गलबार कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यसैगरी, कोशी र सुदूरपश्चिम प्रदेशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश, बागमती, गण्डकी प्रदेशलगायत बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ ।