alliance khabar

बुधबार, जेठ १४, २०८२

बुटवल, जेठ १४ गते ।

रुपन्देही उद्योग सङ्घले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट उद्योगमैत्री ल्याउन लुम्बिनी प्रदेश सरकारलाई आग्रह गरेको छ । सङ्घका अध्यक्ष दिलीप सापकोटाको नेतृत्वमा प्रदेश राजधानी राप्ती उपत्यका पुगेको रुपन्देही उद्योग सङ्घको टोलीले मङ्गलबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल तथा अर्थमन्त्री धनेन्द्र कार्कीसँग भेटी सङ्घका तर्फबाट संस्थागत सुझाव पेस गरेको हो ।

अध्यक्ष सापकोटाले हालको विषम परिस्थितिमा उद्योगको अवस्था दिनानुदिन खस्किँदै गइरहेको अवस्थालाई ध्यानमा राखेर आगामी बजेटमार्फत राहत हुने खालका उद्योगमैत्री कार्यक्रम तथा बजेट ल्याउन सुझाव दिएको बताउनुभयो ।

सङ्घका पूर्वअध्यक्ष एजाज आलमले उद्योग बन्द हुँदै गएको अवस्थामा प्रदेश सरकारले उद्योगमैत्री बजेट ल्याउन आग्रह गरेको बताउनुभयो । उहाँले उद्योगलाई राहत दिने, करमा छुट दिने तथा विभिन्न सहुलियत दिएर बन्द भएका उद्योगसमेत सञ्चालनका लागि वातावरण बनाउन प्रदेश सरकारको ध्यानाकर्षण गरिएको बताउनुभयो ।

त्यसै गरी सङ्घका निवर्तमान अध्यक्ष माधवप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र चुस्त रूपमा अघि बढ्न नसकेको अहिलेको अवस्थामा प्रदेशमा रहेका उद्योगलाई राहत दिने खालको बजेट ल्याउन सरकारलाई आग्रह गरिएको उल्लेख गर्नुभयो । उहाँले बन्द उद्योगलाई चलाउने गरी राहत र प्रोत्साहनको नीतिसमेत अहिले जरुरी रहेको उल्लेख गर्दै प्रदेश सरकारले बजेटमार्फत उद्योग संरक्षणको नीति ल्याउनुपर्ने सुझाव दिएको बताउनुभयो ।

बजेटसम्बन्धी सुझाव पेस गर्न सङ्घका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद पराजुली, महासचिव हिरामणी भट्टराई, कार्यसमिति सदस्य प्रज्वल थान्जु तथा बुटवल औद्योगिक क्षेत्र उद्योग सङ्घका अध्यक्ष उपेन्द्र अग्रवाल र रुपन्देही उद्योग सङ्घका प्रमुख कार्यकारी अधिकृत यादवप्रसाद भण्डारीको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल