alliance khabar

सोमबार, जेठ १२, २०८२

सल्लेरी, जेठ १२ गते ।

बहत्तरौँ सगरमाथा दिवस भव्यताका साथ मनाउने तयारी गरिएको छ । मे २७, २८ र २९ अर्थात् जेठ १३, १४ र १५ गतेका दिन खुम्बु पासाङल्हामु गाउँपालिका–५, नाम्चेमा सगरमाथा दिवस मनाउने तयारी गरिएको हो । खुम्बु पासाङल्हामु गाउँपालिकाको आर्थिक सहयोगमा नाम्चे युवा समूहले विविध कार्यक्रमका साथ सगरमाथा दिवस मनाउन तयारी पूरा गरेकोे खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले जानकारी दिनुभयो ।

दिवसको अवसरमा तीन दिनसम्म नाम्चे बजारमा सञ्चालन हुने कार्यव्रmममा खुला भलिबल प्रतियोगिता, मिनी म्याराथन, शेर्पा नृत्य प्रतियोगितालगायतका कार्यव्रmमको आयोजना गरिएको नाम्चे युवा समूहका अध्यक्ष मिङमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । साङ्गीतिक कार्यक्रमका लागि गायक राजु लामा र उहाँको ब्यान्ड मङ्गोलियन हर्ट खुम्बु आउने आयोजकले जनाएको छ ।

सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक मानव पाइला टेकिएको दिनको अवसरमा हरेक वर्ष मे २९ मा सगरमाथा दिवस मनाइन्छ ।  सो अवसरमा न्यूजिल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बिन्स्टन पिटर्स सोलुखुम्बु आउनुहुने भएको गाउँपालिकाले जनाएको छ । उपप्रधानमन्त्री पिटर्सले हिमालयन ट्रस्ट नेपालद्वारा खुम्बु क्षेत्रमा सञ्चालित विभिन्न योजनाको निरीक्षण गर्ने कार्यव्रmम रहेको छ । त्यस्तै उहाँले स्वर्गीय सर एडमन्ड हिलारीद्वारा स्थापित खुम्बु क्षेत्रकै पहिलो अस्पताल खुन्दे अस्पताल र खुम्जुङ माध्यमिक विद्यालयको भ्रमण तथा निरीक्षण गर्ने कार्यव्रmम रहेको गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले जानकारी दिनुभयो ।

सन् १९५३ मे २९ मा नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथामा पाइला टेक्नुभएको थियो । आरोही हिलारीको सन् २००८ जनबरी ११ र नोर्गेको सन् १९८६ मे ९ तारिखमा निधन भयो । पर्यटन विभागका अनुसार वसन्त ऋतुको जारी हिमाल आरोहणमा हालसम्म ३९५ जनाले सगरमाथा आरोहण गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल