alliance khabar

सोमबार, जेठ ०५, २०८२

ओखलढुङ्गा, जेठ ५ गते  ।

ओखलढुङ्गा जिल्ला कारागारमा क्षमताभन्दा झन्डै तीन गुणा बढी कैदीबन्दी रहेपछि खानेपानी, वासस्थान र शौचालयको व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ । २५ जनाको मात्र क्षमता रहेको कारागारमा हाल ७४ जना कैदीबन्दी रहेका छन्, जसमा ५५ जना कैदी र १९ जना थुनुवा छन् । उनीहरूमध्ये सात जना महिला कैदी रहेका छन् ।

जिल्ला कारागारका निमित्त जेलर लेखनाथ दाहालका अनुसार कैदीको सङ्ख्या बढेसँगै दैनिक जीवनयापनका आधारभूत आवश्यकतामा चुनौती थपिएको छ । “वासस्थान, खानेपानी र शौचालयको व्यवस्थापनमा अत्यधिक समस्या छ,” उहाँले बताउनुभयो । त्यससँगै स्वास्थ्य सेवा झनै चिन्ताजनक बनेको छ । माघ महिनादेखि कारागारमा दरबन्दी अनुसारको अहेव÷अनमी नहुँदा कैदी तथा कारागार कर्मचारी बिरामी पर्दा उपचारमा समस्या भइरहेको छ । “स्वास्थ्यकर्मी नहुँदा सामान्य स्वास्थ्य जाँचसमेत सम्भव छैन,” जेलर दाहालले भन्नुभयो ।

हाल कारागारमा १७ जना दीर्घरोगी कैदी छन्, जो नियमित रूपमा औषधी सेवन गर्दै आएका छन् । यिनीहरूको स्वास्थ्य जटिल हुँदा अन्य स्वास्थ्य संस्था वा अस्पतालमा लैजानुपर्ने बाध्यता रहेको दाहालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल