alliance khabar

शनिबार, जेठ ०३, २०८२

सुर्खेत, वैशाख ३ गते  ।

कर्णाली प्रदेश सभाका सदस्यहरूले सन्तुलित र समावेशी बजेट ल्याउन सुझाव दिनुभएको छ । शुक्रबार बसेको प्रदेश सभा बैठकमा सरकारले पेस गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयक, २०८२ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै प्रदेश सभा सदस्यहरूले सन्तुलित र समावेशी बजेट ल्याउन सरकारलाई सुझाव दिनुभएको हो ।

नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता राजकुमार शर्माले आगामी बजेटमा प्रदेशको विकास र समृद्धिका लागि ठोस योजना समेट्नुपर्ने बताउनुभयो । उहाँले बजेटका सिद्धान्त र प्राथमिकता खासै नयाँ केही नआएकाले बजेटलाई प्रभावकारी बनाउन सुझाव दिनुभयो । उहाँले कृषि, पशु र वन उद्योगबाट कर्णालीको विकास गर्न सकिने भएकाले सरकारले यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । यस्तै प्रदेश सभा सदस्य हिक्मत विष्टले सरकारलाई सन्तुलित र सर्वस्वीकार्य बजेट ल्याउन सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “सुशासनलाई आत्मसात् गर्दै उत्पादन, उच्च प्रतिफल र परिणाममुखी बजेट ल्याउनु पर्छ । सरकारले यसतर्फ ध्यान देओस् ।”

प्रदेश सभा सदस्य दक्षिणा शाहीले आगामी आवको बजेट सन्तुलित, व्यावहारिक र गरिबी न्यूनीकरण गर्ने जनतामुखी बजेट बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले साधारण खर्च घटाएर पुँजीगत खर्च बढाउने नीति लिन पनि सरकारलाई सुझाव दिनुभयो । प्रदेश सभा सदस्य कल्याणी खड्काले सरकारलाई जनताको चाहना र सुहाउँदो बजेट ल्याउन सुझाव दिनुभयो । उहाँले विगत वर्षमा मुख्यमन्त्री र मन्त्रीहरूका जिल्लामा धेरै बजेट विनियोजन हुने प्रवृत्ति भएकाले आगामी बजेट सन्तुलित र समावेशी ढङ्गबाट ल्याउनुपर्नेमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल