alliance khabar

शुक्रबार, जेठ ०२, २०८२

मकवानपुर, जेठ २ गते ।

पूर्वी मकवानपुरको बकैया गाउँपालिका–७ स्थित हर्दाको बन्जर जमिनमा सिँचाइ सुविधा उपलब्ध भएसँगै स्थानीयमा खुसीयाली छाएको छ । कोदो र मकै खेती मात्र हुँदै आएको सुक्खा जग्गामा सिँचाइ सुविधाको पहुँच पुगेसँगै तरकारी खेतीसमेत हुने भएपछि स्थानीयमा खुसीयाली छाएको हो ।

स्थानीय सीतामाया लोप्चनको जमिनमा खेती लगाउन आकासे पानीको भर पर्नु पर्दथ्यो । बेलामा पानी परे केही अन्नबाली हुने र पानी नपर्दा बेसाहा खोज्नुको विकल्प नभएको उहाँले बताउनुभयो । सिँचाइ सुविधाको अभावमा वर्षाको आकासे पानीले एक बालीसम्म भिœन्थ्यो, त्यसैमा भर पर्नुपर्ने अवस्था थियो ।

यस्तै स्थानीय तोत्र बोलखेले चैत, वैशाखमा लगाएको मकै पानी नपर्दा जमरा लागिसकेपछि सुकेर र डढेर जाने गरेको बताउनुभयो । आकाशको पानीमा भर पर्नुपर्ने अवस्था थियो । हर्दा खहरे टोल बोरिङ सिँचाइ उपभोक्ता समितिका अध्यक्षसमेत रहनुभएका बोलखेले भन्नुभयो, “सिँचाइ सुविधाको अभावमा हिउँदे बालीको कल्पना पनि गर्न सकिँदैनथ्यो । उर्वर भूमि भएर पनि पानीको अभावमा घरायसी प्रयोगका लागि तरकारीसमेत उब्जाउ गर्ने अवस्था थिएन ।”

बागमती प्रदेश सरकारको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय चितवनमार्फत हर्दा खहरे टोल बोरिङ सिँचाइ योजना निर्माण भएसँगै अब स्थानीयले वर्षमा तीन बाली भिœयाउन सक्ने भएका छन् । स्थानीय उपभोक्ताको करिब तीन लाखसहित ३६ लाख ११ हजार ३९१ रुपियाँको लागतमा हर्दा खहरे टोल बोरिङ सिँचाइ योजना निर्माण सम्पन्न भएको हो ।

सीतामायाले भन्नुभयो, “अब सिँचाइ सुविधा उपलब्ध भएसँगै स्थानीयको दैनिकी नै फेरिने भयो, कृषि र पशुपालनबाट आयआर्जन गर्ने बाटो पनि खुल्यो । नाम खहरे बस्ती भए पनि पानी हुँदा

उर्वर भूमि भएको छ ।” 

उक्त सिँचाइ योजनाको संविधान सभाका सदस्य एवं पूर्वसङ्घीय जलस्रोत राज्यमन्त्री महालक्ष्मी उपाध्याय डिना र बागमती प्रदेशको खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री श्यामबहादुर खड्काले संयुक्त रूपमा बुधबार उद्घाटन गर्नुभयो । नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहनुभएका उपाध्यायले रासायनिक मलका नाममा धेरै बजेट अनुदानमा गइरहेको अवस्थामा जैविक मललाई प्रोत्साहित गर्नु आवश्यक भएको भन्दै जैविक मलले उत्पादनमा समेत वृद्धि हुने भएकाले अब विकासको रणनीति परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री खड्काले आत्मनिर्भर बन्न सक्ने क्षेत्र कृषिमा सिँचाइ, गुणस्तरीय मल बिउको राम्रो व्यवस्था गर्न सके रोजगारी सिर्जना गर्न सकिने बताउनुभयो । उहाँले सिँचाइ र खानेपानीको उपलब्धतालाई प्राथमिकतामा राखेर आगामी बजेट र योजना आउने जानकारी दिनुभयो । बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले कृषिको सम्भावना भए पनि पालिकाका कतिपय स्थानमा सिँचाइ सुविधाको अभाव रहेको भन्दै पालिकाले कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको सुनाउनुभयो ।

भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय चितवनका प्रमुख केशव जैशीले योजनाबाट हाल १० बिघा क्षेत्रफल सिँचाइ हुने जानकारी दिनुभयो । थप पाँच बिघा क्षेत्रफललाई सिँचाइ सुविधा पुग्ने भन्दै अब बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध हुने भएकाले तरकारीदेखी खाद्यान्न बालीसम्म लगाउन सकिने जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल