काठमाडौँ – जेठ १ गते बिहीबार ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको कार्यालय त्रिपुरेश्वरमा सामूहिक सौदाबाजी समिति – २०८२ ले , प्रमुख कार्यकारी अधिकृत श्री अशोक कुमार पौडेलको पदमुक्तको लागि विभिन्न कारण देखाउँदै आन्दोलन सुरु गरेको छ।
समितिले कार्यालयको भित्तामा टाँसेको कालो ब्यानरमा, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पौडेलको पदमुक्त किन? भनी ९ बुँदे आफ्ना भनाइहरू राखेका छन्।
१. कम्पनीको संस्थागत हकहित तथा कर्मचारीहरुको वृति विकास सम्बन्धि मिति २०८१/०२/४ मा व्यवस्थापन पक्ष र आधिकारिक ट्रेड युनियन (सामुहिक सौदाबाजी समिति बिच भएको ३२ बँदे सहमति कार्यान्वयन गराउन ।
२. कम्पनीको संस्थागत नीतिगत तथा संरचनागत सुधार गराउन वा अधिकार सम्पन्नएकल संरचना निर्माण गराउन ।
३. उपभोक्ता वर्गमा छिटो छरितो, सर्वसुलभ तथा प्रभावकारी र गुणस्तरीय सेवा प्रवाह गराउन ।
४. कम्पनीको क्षमता विकास गरी व्यवसायिक कम्पनीको रुपमा सञ्चालन गराउन ।
५. संस्थागत करारबाट (ठेकेदारी प्रथा) तह १ देखि ३ को जनशक्ति लिने नीति खारेज गराई कम्पनीको दक्ष जनशक्ति व्यवस्थापन गराउन ।
६. मेलम्ची आयोजनाबाट उपलब्ध हुने खानेपानी समानुपातिक रुपमा वितरण गराउन ।
७. मेलम्ची खानेपानी व्यवस्थापनको लागि सरकारले गरेको लगानीको प्रतिफल सुनिश्चित गराउन ।
८. आयोजना कार्यान्वयन निर्देशनालयबाट उपभोक्ताको घरमा जडान हुने नयाँ धारा तथा मिटर जडानमा सहजीकरण गराउन।
९. मिटर जडान तथा रिडिङ्ग कार्यलाई प्रभावकारी बनाई महशुल संकलन वृद्धि गराउन ।