alliance khabar

बुधबार, जेठ ०१, २०८२

माछापुच्छ्रे (कास्की), वैशाख ३१ गते ।

कास्की प्रहरीले मानव बेचबिखनको आरोपमा पोखरामा ३ जनालाई पक्राउ गरेको छ । पोखराको सिर्जनाचोकमा रहेको मनिका रेस्टुरेन्टमा प्रहरीले छापा मारेर ५ महिलाको उद्धार गरी ३ जनालाई  पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले उद्धार गरिएका महिलाहरूलाई सुरक्षित आवास (सेफ हाउस) मा राखेको छ । अवैध यौन क्रियाकलाप भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उक्त रेस्टुरेन्टमा वैशाख २९ गते साँझ छापा मारेको हो ।

रेस्टुरेन्ट सञ्चालक ४० वर्षीय पदम लुङ्बा, पोखरा मालेपाटनका ५१ वर्षीय तेजनारायण तिमिल्सिना र तनहुँ व्यास नगरपालिका वडा नं. ५ का २१ वर्षीय सलन गुरुङ पक्राउ परेको कास्की प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर बस्नेले जानकारी दिनुभयो । प्रहरीका अनुसार सञ्चालक लुङ्बा मकवानपुरको बकंैया गाउँपालिका वडा नं. ४ स्थायी बासिन्दा हुनुहुन्छ भने उहाँले सिर्जनाचोकस्थित उक्त रेस्टुरेन्ट सञ्चालन गर्दै आउनुभएको थियो ।

डिएसपी बस्नेतका अनुसार उनीहरूलाई कास्की जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा ६ दिन म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । पीडित महिलाहरूलाई विभिन्न प्रलोभन देखाइ यौन शोषण गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल