alliance khabar

मंगलबार, बैशाख ३०, २०८२

कल्याणपुर (सप्तरी), बैशाख २९ गते ।

सप्तरीको रुपनी गाउँपालिकास्थित औद्योगिक क्षेत्रमा आयोजना गरिएको श्री सीताराम नाम १००८ मण्डलीय सकिर्तन एवं श्री रामचरित्र मानसको नौ दिवसीय महायज्ञको मुख्य मण्डपमा सोमबार आगलागी भएको छ । महायज्ञका लागि बनाइएको यज्ञको अन्तिम दिन साँझ आगलागी हुँदा मुख्य मण्डप जलेर खरानी भएको छ ।

आगलागीबाट मण्डपसहित त्यहाँ राखिएका लत्ताकपडा, हवनका सामग्री समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। हवन भइरहेको बेला आगलागी भएको त्यहाँका प्रत्यक्षदर्शीको भनाइ छ ।

हवन हुने मुख्य मण्डपमाथिबाट यज्ञस्थलमा वत्ती बाल्न विजुलीको तार लगिएको र त्यहीं विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो। आगोलाई राजविराज नगरपालिकाबाट गएको बारुणयन्त्र तथा उपस्थित सर्वसाधारणको मद्दतमा निभाइएको उहाँले बताउनुभयो ।

औद्योगिक क्षेत्रको जमिनमा रहेको दोषबाट मुक्ति दिलाउन २१ बैशाखदेखि त्यहाँ महायज्ञको आयोजना गरिएको थियो । शुद्धीकरण स्वरुप समेत यो महायज्ञ आयोजना गरिएको थियो । महायज्ञमा एक हजार आठ मण्डपमा कीर्तन मण्डली, हनुमान आराधना मण्डली, वृन्दावनको रासलीला, रामलीला, रामचरित्र मानस पाठ, उच्चकोटी विद्वानद्वारा प्रवचन तथा विशाल भण्डारा समेतको व्यवस्थापन गरिएको आयोजकले जनाएको छ ।

२०५६ सालमा धनुषामा पहिलो पटक यस्तो महायज्ञ भएको र त्यसपछि दोस्रो पटक सप्तरीमा आयोजना भएको यज्ञका अगुवा पगला बाबाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल