alliance khabar

मंगलबार, बैशाख २३, २०८२

काठमाडौँ, वैशाख २३ गते ।

हेम–सरिता पाठक फाउन्डेसनले प्रज्ञा भवनमा पत्रकार तथा गीत र कविताका गरी पाँच जना सर्जकलाई पुरस्कृत गरेको छ । कार्यक्रममा दुई लाख राशिको टङ्कप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय मातृका दाहाल र दीपा दाहाल संयुक्त रूपमा पुरस्कृत हुनुभयो ।

यसै गरी एक लाख राशिको ‘हेम–सरिता पाठक अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार’ गीतकार गोपालप्रसाद थपलिया र सङ्गीतकार एवं गायक शिशिर योगी संयुक्त रूपमा पुरस्कृत हुनुभयो । उहाँहरूले ‘जनतालाई रुवायो’ गीतका लागि सो पुरस्कार पाउनुभएको हो । यसै गरी एक लाख राशि रहेको भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय कविता पुरस्कारबाट कवि तोया भट्ट पुरस्कृत हुनुभयो । कार्यक्रममा उत्कृष्ट २५ कविलाई प्रमाणपत्र प्रदान गरिएको थियो । उहाँहरूलाई प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंह, फाउन्डेसनका प्रमुख संरक्षक हेम पाठक र अध्यक्ष जेनी पाठकले संयुक्त रूपमा पुरस्कार प्रदान गर्नुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल