alliance khabar

मंगलबार, बैशाख २३, २०८२

हुम्ला, वैशाख २३ गते ।

  कुनै समय रातमा गाउँमा लुकेर गाइने देउडा गीतका भाका बदलिँदो समयसँगै गाउँदेखि सहरसम्म घन्किन थालेका छन् । अहिले प्रायः कार्यक्रममा देउडा गीत गाइन थालेपछि सर्वसाधारणको रुचि पनि यसतर्फ बढेको छ ।

कुनै समय देउडा गाउने गायक नगन्य मात्रामा रहेका थिए भने गीत गाउन मानिसले लाज मान्थे । कुनै समय राति मात्र गाइने देउडा अब दिउँसै गाइनुले पनि यसतर्फ सर्वसाधारणको रुचि बढेको भान हुन्छ । हाल गाउँदेखि सहरसम्म विभिन्न भाकामा देउडा कलाकारहरू गाउने चलन बढ्दै गएको संस्कृति संरक्षण समाजका अध्यक्ष तीर्थराज रोकायाले बताउनुभयो । केही दिनअघि समाजले खुला राष्ट्रिय देउडा प्रतियोगिता आयोजना गर्दा अठार जिल्लाका ३६ समूहको सहभागिता रहेको थियो । उहाँले उक्त प्रतियोगिता सञ्चालन अवधिभर सुर्खेत देउडामय भएको बताउनुभयो ।

गत फागुन १२ मा काठमाडौँमा पनि हुम्लाको युवा क्लबले देउडा प्रतियोगिता आयोजना गर्दा टुँडिखेल देउडामय भएको थियो । उहाँले अब देउडा गाउने कुरा गाउँमा मात्र सीमित नरहेर सहरमा पनि चर्चा पाउन थालेको बताउनुभयो । सदरमुकाम सिमकोट र सबै गाउँपलिका केन्द्रमा महिनामा दुईदेखि तीन वटासम्म देउडाका कार्यक्रम हुन्छन् । समाजमा व्याप्त कुरीति, कुसंस्कार र रूढिवादी मान्यताविरुद्ध देउडा गीत प्रभावकरी भएको उहाँले बताउनुभयो । हुम्लाका देउडा गायक नवराज भण्डारी, सुस्मिता भेरिकार, परबहादुर थापा,  वनकला बिसी, चाउरी परियार, इब्सन सन्ज्याललगायतका गायकले पटक पटक स्टुडियोमा देउडा गाएर युट्युब र अन्य सामाजिक सञ्जालमा राखेपछि सबैले गाउन थालेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल