Alliancekhabar

शनिबार, आश्विन १९, २०८१

जनकपुर, असोज १९ गते : बाढी, पहिरो र डुबान प्रभावित परिवारलाई राहत दिने गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपियाँ दिन मधेश प्रदेश सरकारलाई सत्तापक्षीय बैठकले आग्रह गरेको छ ।

मधेश प्रदेशको सत्ता गठबन्धनको शुव्रmबार बसेको बैठकले बाढी, पहिरो र डुबान आदिका प्रभावित परिवारलाई राहत दिने गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सो रकम जम्मा गर्न मधेश सरकारसँग आग्रह गरेको हो । यही असोज १२ र १३ गते लगातार र तीव्र बर्सातका कारण आएको बाढीले व्यापक जनधन र मानवीय क्षति भएको छ ।

सोही बैठकले सरकार मातहतका निकायको अध्ययन, विश्लेषण र मूल्याङ्कन गर्ने गरी एक समिति गठन गरेको छ । प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीको सङ्ख्या, नियुक्त पदाधिकारीका कार्यावधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्याङ्कन गर्न सो समिति गठन गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् सचिवालयले जनाएको छ ।

मधेश प्रदेश सभा सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टी नेपालको संसदीय दलका उपनेता उपेन्द्र महतोको संयोजकत्वमा गठन गरिएको समितिमा नेकपा (एमाले) का तर्फबाट खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोदकुमार जयसवाल, नेपाली कांग्रेसका तर्फबाट ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव र जनमत पार्टीका तर्फबाट प्रदेश सभा सदस्य सञ्जयकुमार यादव सदस्य रहनुभएको छ ।

प्रकोप प्रभावितलाई सहयोग गर्न अनुरोध

बर्दीबास समाचारदाताका अनुसार बर्दीबास नगरपालिकाले संयमित र मितव्ययी भएर दसैँ मनाउन र प्रकोप प्रभावितलाई सहयोग गर्न आग्रह गरेको छ । बडादसैँको अवसर पारेर बर्दीबास नगरपालिकाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यव्रmममा यस्तो आग्रह गरेको हो ।

कार्यव्रmममा वक्ताहरूले शुभेच्छा र शुभकामनाका व्यक्त गर्दै यसपालाको दसैँतिहारमा खर्च कटाएर छिमेकी जिल्लाका बाढीपहिरो प्रभावितलाई सक्दो सहयोग गर्न आग्रह गरेका थिए ।   कार्यव्रmममा पूर्वराज्यमन्त्रीदेखि सुरक्षा प्रमुख, व्यापारी, राजनीतिककर्मीले सिन्धुलीमा बाढीपहिरोबाट चार हजार परिवार प्रभावित भएको प्रसङ्ग निकाल्दै छिमेकीको घरमा विपत् पर्दा आफ्नो घरमा उत्सव मनाउनु मानवीय धर्म नभएको भनाइ राख्नुभयो ।

प्रदेश सांसद शारदादेवी थापा र बर्दीबास नगरप्रमुख प्रह्लाद क्षेत्रीले चाडपर्वका बेला गरिने अनावश्यक खर्च बचाएर प्रकोपपीडितलाई सहयोग गर्न आग्रह गर्नुभयो ।  नगरप्रमुख क्षेत्रीले महोत्तरीका १५ वटै पालिकाबाट एकमुष्ट सहयोग पठाउने सहमति भएको छ । सम्भवतः दसैँअगावै सहयोगको ठुलै राशि पठाउने प्रयासमा छौँ । शुभेच्छुकहरूले बर्दीबासबाट सहयोग रकम पठाउन थालिएको पनि जानकारी गराउनुभयो । बर्दीबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णु खड्काले सिन्धुलीको सङ्घमार्फत त्यहाँका बाढीपीडितका लागि ५१ हजार रुपियाँ सहयोग पठाएको बताउनुभयो ।

होटेल तथा पर्यटन व्यवसायी महासङ्घ मधेश प्रदेशका अध्यक्ष हिरा गौतम, होटेल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष गुञ्ज कार्की, सचिव नारायण घिमिरेले सिन्धुलीमा चार हजार एक सय परिवार प्रकोपपीडित भएकाले उनीहरूलाई सहयोग गर्नु पहिलो कर्तव्य भएको धारणा राख्नुभयो । राप्रपाका नेता कमल पोखरेलले सबै एकजुट भएर पीडितको सहयोगमा जुट्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल