Alliancekhabar

बिहिबार, आश्विन १७, २०८१

रामेछाप, असोज १७ गते : असोज १०, ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीले बगाएको रामेछाप र सिन्धुली जिल्ला जोड्ने खुर्काेट पुल नेपाली सेनामार्फत बनाउन सिफारिस भएको छ ।

बाढीले बगाएको खुर्काेट पुलमा तत्काल बेलीब्रिज निर्माण गर्न नेपाली सेनालाई जिम्मा दिनेबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट मङ्गलबार रक्षा मन्त्रालयमा सिफारिस भएको रामेछापका बागमती प्रदेशसभा सदस्य तारानारायण श्रेष्ठले जानकारी दिनुभयो ।

रामेछाप जिल्लाको मेरुदण्डका रूपमा रहेको खुर्कोट–मन्थली जोड्ने पक्की पुल बाढीले बगाएको भागमा बेलीब्रिज निर्माण गर्ने बारेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग आवश्यक छलफलपश्चात् नेपाली सेनामार्फत काम गर्नेगरी रक्षा मन्त्रालयमा सिफारिस भएको सांसद श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “खुर्कोट–मन्थली जोड्ने पक्की पुल रामेछाप जिल्लाको मेरुदण्ड हो । रामेछापेली जनताका लागि यो पुल अत्यावश्यक छ । छिटोभन्दा छिटो यो पुल निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँग छलफलपश्चात् नेपाली सेनामार्फत काम गर्न रक्षा मन्त्रालयमा सिफारिस भएको छ ।”

असोज १२ गते दिउँसो सुनकोशीमा आएको अत्यधिक बाढीले सदरमुकाम मन्थलीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने सेलेघाट–खुर्कोटको पुलको रामेछापतर्फको आधा भाग र सोही अस्थानमा रहेको झोलुङ्गे पुल बगाएको छ ।

खुर्काेट पुल एसियाली विकास बैङ्कको अनुदानमा रोड कनेक्टिभिटी सेक्टर आयोजनाको १७ करोड रुपियाँभन्दा बढी लगानीमा आर्थिक वर्ष २०७१–७२ मा निर्माण भएको थियो । यो पुल बनेपछि रामेछाप सदरमुकाम मन्थलीबाट काठमाडौँ जान ७५ किलोमिटर दूरी कम भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल