सिन्धुली, असोज १७ गते : सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ बलेनी र आनामानेबिचमा रहेको रामेछाप गाउँपालिका–९मा जोडिएको क्षतिग्रस्त झोलुङ्गे पुलमा जोखिम मोलेर यात्रा गदैँ रामेछापबासी ।
असोज १२ गते सुनकोसी नदीमा आएको बाढीले पुलमा क्षति गरेको छ । नदी आरपार गर्ने विकल्प अरु नभएपछि यात्रुहरु क्षतिग्रस्त पुलबाटै जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।