Alliancekhabar

बिहिबार, आश्विन १०, २०८१

तानसेन, असोज १० गते : पाल्पामा किशोरी गर्भवती हुनेको सङ्ख्या घट्दै गएको छ । पछिल्लो तीन वर्षको अवधिमा गर्भवती हुने किशोरीको सङ्ख्या घट्दै गएको हो । जिल्लाको १० वटै स्थानीय तहमा किशोरी गर्भवती हुनेहरू घट्दै गएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

तीन वर्षअघि १० स्थानीय तहमा ६९९ जना किशोरी गर्भवती भएकोमा आर्थिक वर्ष २०८०/८१ मा घटेर ४१० मात्र रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पछिल्लो समय स्थानीय तहले बालविवाह घटाउन गरेको अभियानले किशोरी उमेरका गर्भवती हुने घटेको कार्यालयको दाबी छ । तीन वर्षको अवधिमा जिल्लामा १३ हजार ९९८ महिला गर्भवती भएकोमा एक हजार ७८१ जना किशोरी रहेका थिए । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार आव २०७९/८० मा जिल्लाभरमा ६७२ जना किशोरी गर्भवती भएका थिए । स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुकप्रसाद पोखरेलले उक्त सङ्ख्या गत आवमा २६२ ले घटेको बताउनुभयो ।

स्थानीय तहले बालविवाह घटाउने अभियान थालेपछि कम उमेरमा गर्भवती हुने किशोरीको सङ्ख्या घटेको उहाँको दाबी छ । उमेर नपुगी गर्भवती हुने किशोरी सबैभन्दा बढी निस्दी गाउँपालिकामा रहेका छन् । निस्दी गाउँपालिकामा गत आव २०८०/८१ मा ४१ जना किशोरी गर्भवती भएका छन् । जबकि निस्दीमा त्यसअघिको वर्षमा ८३ जना किशोरी गर्भवती भएका थिए । यस्तै रामपुरमा आव २०७९/८० मा १०४ जना किशोरी गर्भवती भएकोमा आव २०८०/८१ मा घटेर ८० जना गर्भवती भएका थिए । यस्तै रम्भामा आव २०७९/८० मा २७ र गत आवमा २० जना किशोरी गर्भवती भएका थिए । यस्तै तानसेनमा आव २०७९/८० मा २०९ जना किशोरी गर्भवती भएकोमा गत आव २०८०/८१ मा ८० जना मात्रै किशोरी गर्भवती भएका छन् ।

यस्तै बगनासकालीमा २० बाट झरेर गत आवमा १२ जना मात्र गर्भवती भएका थिए । माथागढीको आव २०७९/८० मा ७४ जना र २०८०/८१ मा घटेर ३२ जना मात्र गर्भवती भएका स्वास्थ्य कार्यालय पाल्पाका अधिकृत विश्वनाथ न्यौपानेले बताउनुभयो । अन्य पालिकामा पनि किशोरी गर्भवती हुनेको सङ्ख्या घट्दो क्रममा रहेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल