Alliancekhabar

बिहिबार, आश्विन १०, २०८१

सिद्धार्थनगर, असोज १० गते : रुपन्देहीको बुटवल उपमहानगरपालिकाले नियमित चल्ने गरी सरसफाइ अभियान सुरु गरेको छ । चाडबाडलाई लक्षित गरेर बुटवलले बसपार्क, मुख्य सडक र सार्वजनिक स्थल सरसफाइ अभियान सुरु गरेको हो । अभियानको सुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले यो अभियानलाई नियमित बनाइने बताउनुभयो । उहाँले बुटवललाई सफा राख्न सबै क्षेत्रको साथ र सहयोग आवश्यक पर्ने बताउनुभयो । बुटवललाई सफा, सुन्दर र हरियाली सहरका रूपमा स्थापित गरी पर्यटकीय विश्रामस्थलका रूपमा विकास गर्न गत आर्थिक वर्षदेखि हरियाली र उज्यालो बुटवल अभियान सुरु गरिएको प्रमुख पाण्डेयको भनाइ छ ।

उहाँले भन्नुभयो, “बुटवलको ऐतिहासिक, व्यापारिक, आर्थिक महत्वलाई जोगाउँदै पर्यटकीय विश्रामस्थलका रूपमा विकास गर्ने मुख्य लक्ष्यसहित सरसफाइ तथा हरियाली अभियान र उज्यालो बुटवल अभियान सञ्चालन गरिएको हो । गत वर्ष चलाएको जस्तै यो पनि नियमित चल्छ ।” अभियानलाई सफल बनाउन नगरवासी, टोल विकास संस्था, राजनीतिक दल, सामाजिक सङ्घ संस्था तथा सरोकारवाला निकायलाई साथमा लिएर अगाडि बढेको उहाँले बताउनुभयो ।

अभियानमा सरिक हुन जनप्रतिनिधिसँगै कर्मचारी, नगरवासी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, सामाजिक सङ्घ संस्था, राजनीतिक दल, स्वयंसेवी संस्थालाई आह्वान गरेको उपप्रमुख सावित्रादेवी अर्यालले जानकारी दिनुभयो । नगर सफा रहे मात्रै नागरिक स्वस्थ रहने भएकाले घर घरबाटै सहर सफा राख्ने अभियान नियमित हुनुपर्ने धारणा राख्नुभयो । अभियान अन्तर्गत असोज ११ गते कालिका स्कुलदेखि बसपार्कसम्म, १८ गते बसपार्कदेखि ट्राफिक चोकसम्म, कात्तिक २ गते ट्राफिक चोकदेखि गोलपार्कसम्म, ९ गते गोलपार्कदेखि तल्लो सिद्धबाबा मन्दिरसम्म र कात्तिक २३ गते योगीकुटीदेखि कालिका स्कुलसम्म सरसफाइ हुने छ । यस्तै कात्तिक ३० गते कालिका स्कुलदेखि बसपार्कसम्म र भित्री सडक, वडा क्षेत्र र सार्वजनिक स्थलमा नियमित सरसफाइ गर्ने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले जानकारी दिनुभयो । बुटवलले हरियाली, सरसफाइ अभियान गत वर्ष पनि चलाएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल