Alliancekhabar

बुधबार, आश्विन ०९, २०८१

बर्दीबास, असोज ९ गते : मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले विश्व सामु ठुलो चुनौतीका रूपमा देखापरेको जलवायु सङ्कटले नयाँ र गम्भीर चुनौती थपिँदै गएको बताउनुभएको छ । उहाँले यसको दुष्प्रभावका प्रत्यक्ष असर स्थानीय तहमा पनि देखा पर्न थालेकाले जलवायु सङ्कट न्यूनीकरणमा सबै पक्ष संवेदनशील हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूको सहकार्यमा सामुदायिक विकास तथा पैरवी मञ्चले बर्दीबासमा मङ्गलबार आयोजना गरेको ‘स्थानीय नेतृत्वमा आधारित जलवायु अनुकूलन’ विषयक छैटौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले जलवायु सङ्कटप्रति चिन्ता व्यक्त गर्नुभएको हो ।

उहाँले हावाहुरी, गर्मी, शीतलहर, खडेरी, अतिवृष्टिले पु-याएको प्रभावको उदाहरण दिँदै हरेक मौसम प्रकोप बनेर आउने गरेको बताउनुभयो । बिग्रँदो पारिस्थितिकीय दुष्चव्रmले अक्सिजन उपलब्धतामा पनि सङ्कट पर्न सक्ने सम्भावना औँल्याउँदै उहाँले भन्नुभयो, “पातलिँदो जङ्गल, घट्दो हरियाली, सुक्दै गएका जलस्रोत र बढ्दो तापमान जस्ता परिस्थितिले जलवायु असन्तुलन भएको सङ्केत गरेको छ । यो सङ्केतलाई समयमै बुझ्न नसके थप सङ्कट आउने छ ।”

मुख्यमन्त्री सिंहले मुलुकमा सङ्घीयता आएपछि हरेक समस्यामा एक निकायले माथिल्लो निकायलाई दोष देखाएर पन्छने प्रवृत्तिले समस्यालाई थप जटिल बन्दै गएको बताउनुभयो । मुख्यमन्त्रीले तीनै तहका सरकार र साझेदार संस्थाको समन्वयमा जलवायु अनुकूलनका कार्यव्रmमका साथ अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले मधेश प्रदेश सरकारले जलवायु अनुकूलनका कार्यव्रmमलाई प्राथमिकतामा राखेर योजना बनाएको दाबी गर्नुभयो । यसका लागि चालु आर्थिक वर्षमा एक करोड वृक्षरोपण गर्ने प्रदेशको महìवाकाङ्क्षी योजनाबारे जानकारी गराउनुभएको थियो । साथै उहाँले प्रदेशबाट बग्ने नदी प्रणालीलाई जोडेर सिँचाइ र खानेपानीको आपूर्ति एवं खोलानालाको वैज्ञानिक उत्खननका बारेमा पनि प्रदेश सरकारले ध्यान दिइरहेको बताउनुभयो ।

राष्ट्रिय योजना आयोगकी पूर्वसदस्य सलोनी सिंहको अध्यक्षतामा आयोजित उद्घाटन सत्रमा जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनलाल कर्ण, सिराहाको कर्जनाहा र सर्लाहीका नगरपालिकाका प्रमुख क्रमशः भोलाप्रसाद पोखरेल र कमल बुढाथोकी तथा मिथिला नगरपालिकाकी उपप्रमुख सुनितासिंह बुढाथोकीलगायतका वक्ताले जलवायु परिवर्तनको सामना गर्न आफूहरूले गरेका प्रयास र समस्याबारे जानकारी गराउनुभएको थियो । कार्यव्रmममा सुरुमा जलवायु अध्येयता अजय दीक्षितले हरितगृह प्रभावको विश्वव्यापी असरले नेपाललाई पारेको समस्याबारे जानकारी गराउनुभएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल