Alliancekhabar

मंगलबार, आश्विन ०८, २०८१

काठमाडौँ, असोज ८ गते : त्रिभुवन विश्वविद्यालयले २०५८ सालदेखिका  परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने भएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री  विद्या भट्टराईको आग्रहपछि   त्रिभुवन विश्वविद्यालयले  मङ्गलवार गोरखापत्र दैनिकमा  एक सूचना प्रकाशित गरेर सो जानकारी गराएको हो।

त्रिभुवन विश्वविद्यालय परीक्षा सुधार समितिका अध्यक्ष एवम् शिक्षाध्यक्ष  प्राध्यापक डाक्टर खड्ग के.सी.को अध्यक्षतामा समितिको  २०८१ असोज सात गते बसेको बैठकले मौका परीक्षाको व्यवस्था गर्ने निर्णय गरेको प्रकाशित सूचनामा उल्लेख छ।

प्रकाशित सूचनामा  मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन, शिक्षा, कानुन, विज्ञान तथा प्रविधि अध्ययन संस्थानका वि. सं २०५८ सालदेखिका  वार्षिक प्रणाली अन्तर्गत र २०६९ सालदेखिका सेमेस्टर प्रणालीका  विद्यार्थीका लागि  एक पटक मौका परीक्षा सञ्चालन गर्ने भएको उल्लेख छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल