Alliancekhabar

सोमबार, आश्विन ०७, २०८१

विराटनगर, असोज ७ गते : खुला सीमाको फाइदा उठाउँदै विराटनगरमा भन्सार छलेर भित्र्याएको सामानलाई कानुनी मान्यता दिन बिल काट्ने क्रम बढेको छ । विराटनगरमा तस्करीको सामान भित्र्याएर कानुनी वैधता दिन बिल काट्ने गरिएको रहस्य बाहिरिएको हो । चार साताअघि विराटनगर विमानस्थलबाट यती एयरलाइन्समा कार्गोका रूपमा गएको १० पोका कपडा काठमाडौँमा राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको थियो । बाबा होजियारीले पठाएको भनिएको उक्त कपडा शम्भु स्टोरको नाममा थियो तर बाबा होजियारीले कपडा उत्पादन गरेको नभई भारतमा उत्पादित थियो । आयात भएको प्रमाण खुल्ने कागजातसमेत फेला परेको थिएन ।

विराटनगर भन्सार कार्यालयको राजस्व बर्सेनि घट्दो छ । भन्सार कार्यालयभित्रै रहेर एजेन्ट तथा तिनका प्रतिनिधिको काम गर्ने कतिपय व्यक्सिमेतले भित्र्याएको सामान यस्तै प्रकृतिको फेला पर्ने गरेको छ । विराटनगर–८ जेबी ट्रान्सपोर्टबाट राजस्व अनुसन्धान कार्यालय इटहरीले गत शुक्रबार २७ बोरा कपडा बरामद गरेर अनुसन्धान गरिरहेको छ तर अनुसन्धानका क्रममा सामान भिœयाउने व्यक्ति भेटिँदैनन् ।

राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख अनुसन्धान अधिकृत खेमराज ओझाका अनुसार आयात र उत्पादन भएको प्रमाण पुग्ने कुनै कागजात छैन तर कपडा बिव्रmी गरेर काटिएको फर्मको बिल भने छ । तस्करी गरेर भिœयाइएको कपडा कृष्ण ट्रेडर्सले २३ बोराको बिल काटेको छ भने ग्लोबल ट्रेडर्सले चार बोरा कपडा बिक्री गरेको देखिन्छ । यी दुवैले फर्म दर्ता गरेर भ्याट बिल काट्ने गरेको भए पनि कपडा उत्पादन वा आयात गरेको देखिँदैन । यसले तस्करी गरेर ल्याएका सामानलाई कानुनी मान्यता दिने बिल मात्रै जारी गरेर राजस्व छल्न सहयोग गर्दै आएको पुष्टि हुन्छ ।

प्रमुख अनुसन्धान अधिकृत ओझाका अनुसार भ्याट बिल र भिसिटिएससमेत गरेर ट्रान्सपोर्टबाट काठमाडौँ पठाउन तयार गरिएको कपडाको खरिद बिल पनि छैन, उत्पादन पनि देखिँदैन । यतिसम्म कि आयात गरेर भिœयाइएको प्रमाण पनि छैन । कारोबारमै नजोडिएका कपडा बजारसम्म आएर बिल मात्रै काट्न खडा गरिएको फर्मको भएर अर्का फर्मसम्म पुग्ने गरेको देखिएको हो । कृष्ण ट्रेडर्स विराटनगर–१४ र ग्लोबल ट्रेडर्स विराटनगर–९ मा सञ्चालित देखिएको छ । राजस्वले कृष्णका सञ्चालक सुव्रत देलाई पव्रmाउ गरेर बयान लिइरहेको छ । जसमा देले आफ्नो आमाको नाममा फर्म खोलेको देखिन्छ । कारोबार गर्ने व्यक्तिका रूपमा देखिए पनि कपडा भने शङ्कर रोयको भएको बयानमा खुलेको छ । देसँगै कपडा तस्करीमा संलग्न आरोपमा ओमप्रकाश साह र मनिष चौधरी पक्राउ परेका थिए । उनीहरू छुटेका छन् । कपडाका कारोबारी गणेश साह र शङ्कर रोय भएको खुलाएपछि ओसारपसार गर्नेलाई छोडिएको हो ।

विराटनगर–९ को ग्लोबल ट्रेडर्स मन्जर आलमको हो । कपडा बरामदपछि आलम पनि फरार रहेको राजस्व एकाइका अधिकृत ओझाले जानकारी दिनुभयो । ग्लोबलको समेत कारोबारको अवस्था उस्तै छ । आयात छैन, उत्पादन छैन र खरिद बिल पनि छैन । यद्यपि उसले बिक्री गरेर सामानको बिल भने काटिरहेको छ ।

कतिपयले यी कपडा लालचन यादवको भएको दाबी गरेका छन् । राजस्वको नियन्त्रणमा लिएर बयान दिइरहेका देले भने कपडा कसको हो भन्ने कुरा नखुलाएको बताइन्छ । यादव भन्सार कार्यालयभित्र एजेन्टका रूपमा काम गर्ने बहानामा अवैध कारोबार गरेको आरोपमा बारम्बार नियन्त्रणमा पर्नेमा पर्छन् । यसअगाडि विराटनगरका राजकुमार रौनियारको गोदाममा छापा मारिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल