Alliancekhabar

शुक्रबार, भाद्र १४, २०८१

सर्लाही, भदौ १४ गते : प्रदूषित पानी बेच्ने सर्लाहीका चार उद्योग बन्द गरिएको छ ।  हरिवन र लालबन्दी नगरपालिकाका चारवटा पानी उद्योग बन्द गराइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरबाट बिहीबार दिउँसो अनुगमन गर्दा पानी उद्योग नवीकरण नगरिएको र विभिन्न किसिमका लापरबाही गरेको पाइएपछि उद्योग बन्द गराइएको हो । यी चार वटै पानी उद्योगको उत्पादन र बिक्री वितरण तत्काल बन्द गराएर प्रयोगशालामा परीक्षणका लागि पानीको नमुना सङ्कलन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरका खाद्य निरीक्षक प्रवीण तिवारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार हरिवन नगरपालिका ४ मा रहेको टाइम्स ड्रिलिङ वार्टर फुड प्रडक्ट प्रा.ली. तीन वर्षदेखि नवीकरण नभएको र उद्योगको सरसफाइ पनि सन्तोषजनक नभएको पाइएको छ । यस्तै हरिवन नगरपालिका ४ मै रहेको सर्लाही रिफ्रेस ब्रान्डको पानी उत्पादन गर्ने जय हनुमान ड्रिङकिङ वार्टर प्रा.ली. ले पनि छ वर्षदेखि अनुज्ञा पत्र नवीकरण नगरेको पाइएको छ ।

अनुगमन टोलीले लालबन्दी नगरपालिका १ मा जुनैद अन्सारीले दर्ता नै नगरी अखाद्य रङ्ग हालेर कटन क्याण्डी उत्पादन गरिरहेको पाइएपछि उत्पादित कटन क्याण्डी र मेसिन समेत बरामद गरिएको छ । अनुगमनका क्रममा अखाद्य रङ्ग (रोडामाइन बी) हालेर कटन क्याण्डी बनाइरहेको भेटिएको छ ।

त्यसै गरी अनुज्ञा पत्र नै देखाउन नसकेपछि लालबन्दी नगरपालिका–२, जुटपानीमा सिरिस ब्रान्डको पानी उत्पादन गर्ने नेशनल वार्टर प्रा.ली. बन्द गराइएको छ । प्रशोधित पानी बनाउँदा मेसिनको प्रयोग गर्नुपर्नेमा यस उद्योगमा हातबाटै पानी भर्ने काम गर्ने गरेको पाइएको अनुगमन टोलीले जनाएको छ ।

जुट पानीमै तृष्णा ब्रान्डको पानी उत्पादन गर्ने शिव पार्वती वार्टर एन्ड बेभरेजले नवीकरण नगरी सञ्चालन गरेको पाइएको छ । बन्द गरिएका चार वटै पानी उद्योगको पानीको नमुना जनकपुर लगेर प्रयोगशालामा परीक्षण गरेपछि जाँच परीक्षण रिपोर्ट अनुसार कारबाही गरिने खाद्य निरीक्षक तिवारीले बताउनुभयो ।

हरिवनमा रहेका पानी उद्योगले लापरबाही गरेको गुनासो आएपछि जनकपुरबाटै खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालयको टोली आएर पानी उद्योगको अनुगमन गरेको हो । जनकपुरसहित खाद्य प्रविधिको मलङ्गवास्थित डिभिजन कार्यालय, इलाका प्रशासन कार्यालय हरिवन, हरिवन नगरपालिकाका प्रतिनिधि, पत्रकारलगायतको उपस्थितिमा पानी उद्योगको अनुगमन गरिएको हो ।

यसअघि भदौ २ गते हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकी (कमल) को नेतृत्वमा नगरपालिकाको अनुगमन टोलीले नगरभित्रका दुई वटा पानी उद्योगको अनुगमन गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल