उपप्रमुख शेर्पाले बैठकभत्ताबाट बालबालिकालाई पोसाक

भोजपुर, मङ्सिर ९ गते । भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना बालबालिकालाई विद्यालय पोसाक प्रदान गर्नुभएको छ । उपप्रमुख शेर्पाले जिल्लाको पश्चिमी भेग गुप्तेश्वरमा रहेको कालिका प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई पोसाक वितरण गर्नुका साथै त्यहाँका शिक्षकशिक्षिका, विद्यालयको अक्षय कोषका दाता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा समाजसेवीलाई  सम्मान गर्नुभएको छ । बालबालिकालाई नियमितरूपमा […]

गुणस्तरहीन काम गरे कारबाही हुन्छ : सभापति खतिवडा

ओखलढुङ्गा, मङ्सिर ९ गते । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवम् नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले जिल्लामा सञ्चालित विभिन्न विकास निर्माणको काम गुणस्तरहीन भए निर्माण कम्पनीलाई कारबाही गर्ने बताउनुभयो । साघुटार–घोराखोरी–सिलौरीघाट सडकको कालोपत्रेको काम ढिलाई भइरहेको र गुणस्तरहीन भएको जनस्तरबाट गुनासो बढ्न थालेपछि आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सभापति खतिवडाले यस्तो बताउनुभएको हो । साघुटार–घोराखोरी–सिलौरीघाट […]

नेपाल-भारत संयुक्त सैन्य अभ्यास सुरु

काठमाडौँ, मङ्सिर ९ गते । भारतको पिथौरागढमा नेपाल-भारत संयुक्त सैन्य अभ्यास शुक्रबारदेखि सुरु भएको छ । नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास ‘सूर्यकिरण’को १७ औँ संस्करणमा नेपाली सेनाको तारा दल गणका प्रमुख सेनानी सुवास केसीको नेतृत्वमा तीन सय ५४ सदस्यीय फौज र भारतीय सेनाको कुमाउ गणका तीन सय ५४ जना सहभागी छन् । हरेक वर्ष नेपाल […]

आगलागीमा परी चार जनाको मृत्यु एक घाइते

काठमाडौँ, मङ्सिर ९ गते । शुक्रवार राती करिब ८ बजे बर्दियाको गुलरिया नगरपालिका ४ तुलापुरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।  स्थानीय भरत चन्दको ईट्टामाटोले बनेको टायलले छाएको घरमा आगो ताप्ने क्रममा एक्कासि आगलागी हुँदा मानवीय क्षति भएको बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिनुभयो । आगलागीबाट […]

टिकटक प्रतिबन्ध : अन्तरिम आदेश जारी नहुँदा क्षति पुग्ने आधार देखिएन

काठमाडौं, मङ्सिर ७ गते । सर्वोच्च अदालतले टिकटक प्रतिबन्धविरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । टिकटक प्रतिबन्धविरुद्ध दायर रिटमा सर्वोच्चले यही मङ्सिर १५ गतेभित्र लिखित जवाफ पेस गर्न सरकारलाई आदेश दिएको छ । मङ्गलबार सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले टिकटक प्रतिबन्धविरुद्ध परेका रिटमा सुनुवाइ गर्दै अन्तरिम आदेश जारी नभएमा निवेदकहरूलाई अपूरणीय क्षति […]

बाघको आक्रमणबाट एक जनाको मृत्यु

हेटौँडा, मङ्सिर ८ गते । मकवानपुरको मनहरीमा बाघको आक्रमणबाट शुक्रबार बिहान एक जनाको मृत्यु भएको छ । खर काट्न गएका बेला बाघले आक्रमण गर्दा चितवन राप्ती नगरपालिका–१ दुबिचौरका ४३ वर्षीय हरि पौडेलको बिहान १०ः१५  बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । मनहरी गाउँपालिका वडा नं. ६ खयरघारी गाउँबाट […]

भूकम्प पीडितले पाएनन् राहत

बाजुरा, मङ्सिर ८ गते । बाजुराको बूढीगङ्गा नगरपालिका –२ का तुलाराम नेपालीको परिवार यतिबेला खुला आकाशमुनि त्रिपालको बासमा छन् । गत असोज १६ गते गएको भूकम्पले घर भत्किएपछि ७ जनाको परिवारसहित उहाँ खुला आकाशमुनि त्रिपालमा बस्न बाध्य छन्। केही वर्षअघि साहुबाट ऋण लिएर लगाएको घर भूकम्पले भत्काइदिएपछि अहिले त्रिपालमुनिको बास गर्दै आएको बूढीगङ्गा नगरपालिका वडा […]

विपिन जोशीको रिहाइको पहल गरिदिन आग्रह

काठमाडौं, मङ्सिर ८ गते । परराष्ट्रमन्त्री एनपी साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग हमासको नियन्त्रणमा रहनुभएका नेपाली विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्नुभएको छ । विद्रोही हमासले रिहा गर्न लागिएको भनिएका ५० जनाको समूहसँगै जोशीको रिहाइ गराइदिन विशेष अनुरोध गरिएको मन्त्री साउदका प्रमुख स्वकीय सचिव दीपकराज जोशीले जानकारी दिनुभयो । जवाफमा […]

भ्रष्टाचार नेपालको ठुलो रोग हो : नेता भण्डारी

गुल्मी, मंसिर ८ गते । नेपाली काँग्रेसका नेता डा. चन्द्र भण्डारीले नेपालको सबैभन्दा ठुलो रोग भ्रष्टाचार भएको बताउनुभएको छ । गत फागुन ३ गते राति काठमाण्डौंको आफ्नै निवासमा ग्यास दुर्घटनामा परी गम्भीर घाइते भई लामो समयको उपचारपश्चात पहिलो पटक गृह जिल्ला गुल्मी आउनुभएका नेता भण्डारीले सो कुरा बताउनुभएको हो । गुल्मी क्षेत्र १ बाट संघीय […]

अहिले व्यवस्थामाथि प्रश्न उठेको होइन : उपप्रधानमन्त्री खड्का

काठमाडौं, मङ्सिर ८ गते । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले अहिलेको प्रश्न सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथिको नभएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री खड्काले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको प्रश्न व्यवस्थामाथि नभएर नेतृत्वले काम गर्ने प्रक्रिया र शैलीमाथि रहेको दाबी गर्नुभयो । समयले माग गरेअनुसारको काम गर्न नसक्दा प्रश्न […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल