कास्की, १४ कात्तिक स् गण्डकी प्रदेशको राजधानी पोखरामा बिरामीका लागि रगत अभाव भएको छ । प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराले दसैँका समयमा नियमित तालिकाअनुसार रक्तदान कार्यक्रम नहुँदा रगत अभाव भएको जनाएको छ । रक्त सञ्चार केन्द्रमा रगत अभाव हुन थालेपछि अस्पतालहरूमा उपचाररत बिरामीलाई तत्काल रगत अभाव हुन नदिन सोमबार आकस्मिक रक्तदान कार्यक्रम आयोजनासमेत गरिएको छ […]
काठमाडौँ, १३ कात्तिक : गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल ले नगरबासीको स्वास्थ्यमा ख्याल राख्दै मोटर साइकलको साइलेन्सर मोडिफाइ नगर्न सूचित गर्नुभएको छ। पछिल्लो समय धेरै जसो युवा पुस्ताले फेसनको रूपमा मोटर साइकल कम्पनीको मापदण्डमा रहने आवाजभन्दा फरक किसिमको आवाज बनाएर समाजमा ध्वनी प्रदुषण गराइरहेका छन्। जसले गर्दा सडकमा आवत जावत गर्दा डर उत्पन्न हुने र त्यसबाट […]
काठमाडौँ, १३ कात्तिक : नेकपा (एमाले)ले माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ । पार्टीको सङ्गठन विभागले आगामी माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्न निर्णय गरेको एमाले सङ्गठन विभागका सचिव माधवप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । एमालेले भर्खरै मात्रै सात प्रदेश कमिटीको अधिवेशन सम्पन गरेको छ । पार्टीले […]
काठमाडौँ, १३ कात्तिक : नेपाली कांग्रेसकी नेत्री रमा कोइराला पौड्याल सबै राजनीतिक शक्तिहरु मुलुकका शत्रु गरिबी, भ्रष्टाचार र बेरोजगारीविरुद्धको अभियानमा पनि एकाकार हुन आवश्यक रहेको बताउनुहुन्छ । लामो समयसम्मको राजनीतिक सङ्क्रमणले विभिन्न विकृतिविसङ्गति र अनियमितालाई मलजल गरेकाले छिटो आवश्यक कानुन निर्माण गरी त्यस्ता बेथितिविरुद्ध मोर्चा बनाएर लड्नुपर्नेमा जोड दिनुभयो । सांसद पौड्याल भन्नुहुन्छ “देश परिवर्तनका […]
काठमाडौँ, १२ कात्तिक : लेबनानमा तैनाथ संयुक्त राष्ट्रसङ्घीय अन्तरिम फौजअन्तर्गत खटिएका एक नेपाली शान्ति सैनिक घाइते भएका छन् । त्यहाँस्थित नेपाली सैनिक रहेको संयुक्त राष्ट्रसङ्घीय पोष्ट ८–३३ नजिक सम्भावित इजरायली डिफेन्स फोर्स र हिजबुल्ला समूहबीचको आर्टिलरी/रकेट/मोर्टार प्रहारका क्रममा यही कात्तिक ११ गते राति ती हतियारको सेल खसेर ती सैनिक घाइते भएको सैनिक जनसम्पर्क तथा सूचना […]
काठमाडौँ, १२ कात्तिक ः सांसद प्रेम सुवालले बैंक तथा वित्तीय संस्थामा नेपालीको लगानी हुनुपर्नेमा जोड दिनुभएको छ । आजको बसेको प्रतिनिधिसभाको बैठकमा ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८०’मा संशोधन प्रस्ताव प्रस्तुत गर्दै उहाँले बैंक तथा वित्तीय संस्थामा नेपालीकै लगानी हुनुपर्नेमा जोड दिनुभएको हो । सांसद सुवालले भन्नुभयो, “बैंक तथा वित्तीय संस्थालाई पूर्णरूपमा सरकारी […]
मुगु, १२ कात्तिक : मन्दु गाउँमा तीन सन्तानसहित आमाको हत्या प्रकरणमा प्रहरीले अनुसन्धान हत्यारा नजिक पुगेको दाबी गरेको छ । कुकुरसहित अनुसन्धानमा परिचालित प्रहरी अहिले घटना भएको स्थान छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँ वरपर अनुसन्धानमा तल्लीन छन् । प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार अहिले प्रहरीले महत्वपूर्ण प्रमाण फेला पारिसकेको भए पनि अझै अनुसन्धान भने […]
मन्थली (भूजी), १२ कात्तिक ः रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका–७ भूजीको पहिरोले यहाँका स्थानीयवासी सधैँ त्रासमा जीवन जिउन बाध्य छन् । विसं २०७२ को भूकम्प जाँदा यहाँ थोरै पहिरो गएको भए पनि त्यस वर्षको वर्षादेखि लगातार पहिरो जान थालेका कारण बस्ती र जमिन नै बगिरहेको स्थानीयवासी भीमबहादुर नेवारले बताउनुभयो । उहाँका अनुसार–“निरन्तर पहिरो झर्ने भएका कारण […]
वीरगञ्ज, १२ कात्तिक : नेपाल–भारत सुरक्षा अधिकारीको संयुक्त बैठकले सिमावर्ती नाकाबाट हुने अवैध निकासी/पैठारी नियन्त्रणका लागि कडाइ गर्ने निर्णय गरेको छ । पर्साको वीरगञ्जमा बसेको नेपाल तथा भारतका सुरक्षा अधिकारीको संयुक्त बैठकले सिमा नाकाबाट हुने अवैध निकासी/पैठारी नियन्त्रण गर्न कडाइ गर्ने, लागुऔषध ओसारपसारलाई न्यूनीकरण गर्ने, चेलीबेटी बेचबिखन, अवैध हतियारको ओसारपसारलाई न्यूनीकरण गर्ने र आपाराधिक घटना […]
टीकापुर (कैलाली), १२ कात्तिक ः बालबालिका बोल्न थालेपछि सबैभन्दा पहिले जाने ठाउँ विद्यालय हो । बालबालिकाको समय घर र विद्यालयमा बढी बित्छ । त्यसैले नेतृत्व विकास गर्ने वा बालबालिकाकामा असल सोच र असल अभ्यास विकास गर्ने दायित्व पनि घर र विद्यालयको हुने जानकारहरू बताउँछन् । कर्णाली मावि टीकापुरका प्रधानाध्यापक धर्मराज शर्माका अनुसार विद्यालयका अतिरिक्त क्रियाकलापमा […]