साहित्य लेख्न सक्छु भनेर विश्वास दिलाउनै १५ वर्ष लाग्योः वसन्त चौधरी

काठमाडौँ, २६ कात्तिक : ‘व्यापारी पनि कवि हुन्छ र ? उसले पनि गीत लेख्न सक्छ र ? व्यापारी त व्यापार गर्ने हो, पैसा कमाउने हो । उनीहरूसँग भावना हुँदैन, न त मुटु नै हुन्छ । पैसा छँदैछ, पुस्तक त छपाएर बजारमा ल्याए भैगो नि !’ सुरु–सुरुमा वसन्त चौधरीका सिर्जना बजारमा आउँदा कतिपयले यस्तै प्रतिक्रिया दिन्थे […]

कोशी प्रदेशले स साना टुक्रे योजना ल्याउँदैन : मुख्यमन्त्री कार्की

पथरी (मोरङ), २६ कात्तिक ः मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशले रु २५ लाखभन्दा कमका विकास आयोजना नल्याउने जानकारी दिनुभएको छ । मोरङको पथरी शनिश्चरे–४ स्थित गणेश अम्बिका प्रतिष्ठानको सामुदायिक भवन शनिबार शिलान्यास गर्नुहँदै उहाँले प्रदेश सरकारले ठूला विकासका आयोजनामा मात्र ध्यान दिने छ भन्नुभयो । उहाँले भन्नुभयो “कम वजेटका आयोजना स्थानीय सरकार र ठूला आयोजना […]

तिहारमै बिक्री भएन फूल, किसान निराश

बेदकोट (कञ्चनपुर), २६ कात्तिक : फूल बिक्री नहुँदा व्यावसायिकरूपमा फूलखेती गरिहेका किसान निराश बनेका छन् । पछिल्लो समय प्लाष्टिक फूलमालाको प्रयोग बढेकाले स्थानीयस्तरमा उत्पादित फूलले बजार पाउन नसकेको कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीका पुष्प व्यवसायी जनकबहादुर सिंहले बताउनुभयो । “फूल राम्रै फुलेका छन्, तर बजार नै पाइएको छैन”, उहाँले भन्नुभयो, “अहिलेसम्म फूल बिक्री नै भएको छैन, […]

कोरला नाकामा अस्थायी संरचना तयार

म्याग्दी, २६ कात्तिक : चार वर्षपछि पुुनःसञ्चालनको तयारी भएको मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित कोरला नाकाको नेपालतर्फ सुुरक्षाकर्मीहरूको आश्रयका लागि अस्थायी संरचना तयार गरिएको छ । लोमान्थाङका जनप्रतिनिधि र सशस्त्र बोर्डर आउट पोष्ट (बिओपी)को रोहबरमा चीनले दशगजा क्षेत्रको नेपाली भूमिमा कन्टेनर सुविधाको पूर्वाधार संरचना तयार गरेको हो । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वुु गुुरुङले २० फिुुट लम्बाइ […]

आज धनधान्यकी देवी लक्ष्मीपूजा

काठमाडौँ, २६ कात्तिक : यमपञ्चक अर्थात् तिहारको दोेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर […]

यमपञ्चक आजदेखि सुरु

काठमाडौँ २५ कात्तिक : प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दूहरूको दोस्रो ठूलो चाड यमपञ्चकअर्थात् तिहार आजदेखि सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज बेलुकी यमदीपदान सुरु गर्नुपर्ने हुन्छ । यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको छ । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान […]

सरकार आफ्नै कामबाटसमेत सन्तुष्ट छैन : नेता आले

काठमाडौँ, २५ कात्तिक : सांसद प्रेमबहादुर आलेले आफू , सरकारको कामबाट सन्तुष्ट नरहेको टिप्पणी गर्नुभएको छ । गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा डोटी निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएका सांसद आलेले पछिल्लो एक वर्षको समीक्षा गर्दा सन्तोष गर्ने पर्याप्त ठाउँ नरहेको विश्लेषण गर्नुहुन्छ । नेकपा (एकीकृत समाजवादी)का नेता सांसद आलेले निर्वाचन यताका आफूले आफ्नो […]

लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ २५ कात्तिक : देशको पश्चिमी भू–भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले बदली र वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भइरहेको छ । साथै लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । […]

उच्च शिक्षा योग्यता प्रारूप तयार गरिँदै

ललितपुर, कात्तिक २४ गते । सरकारले उच्च शिक्षामा गुणस्तर, मान्यता र सिकाइबारे एकरूपता कायम गर्न योग्यता प्रारूप तयार गर्दै छ । मन्त्रीपरिषद्ले नेपालका लागि राष्ट्रिय योग्यता प्रारूप स्वीकृत गरे पनि त्यसमा उच्च शिक्षाका सन्दर्भमा कतिपय विषयमा स्पष्ट व्याख्या गरेको छैन । ती विषयलाई स्पष्ट र व्याख्या गर्न उच्च शिक्षामा पनि योग्यता प्रारूप तयार गर्न लागिएको हो । विदेशमा अध्यापन […]

आयुर्वेदिक औषधी कम्पनीलाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनिवार्य

काठमाडौँ, कात्तिक २४ गते । अब आयुर्वेदिक औषधी उद्योगले पनि अनिवार्य रूपमा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को गुणस्तरसम्बन्धी मापदण्ड (जिएमपी) पूरा गर्नुपर्ने भएको छ । हाल नेपालमा सञ्चालित आयुर्वेदिक औषधी कम्पनीहरूले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड पूरा गर्न सकेका छैनन् । नेपालमा ८० वटा आयुर्वेदिक औषधी उद्योग दर्ता भए पनि ५५ वटा कम्पनी सञ्चालनमा रहेका छन् । […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल