काभ्रेपलाञ्चोक, २२ पुस : बिरामीलाई थप सहज एवं सुरक्षित बनाउन काभ्रेपलाञ्चोकमा ‘जिपीएस’ जडित सुविधायुक्त एम्बुलेन्स सञ्चालन गरिने भएको छ । यसका लागि जिल्लास्तरमा सञ्चालित एम्बुलेन्सको अवस्था, वर्ग र समस्या तथा चुनौतीबारे अध्ययन गरी एम्बुलेन्स सञ्चालनलाई थप व्यवस्थित बनाउन छानबिन समिति गठन गरिएको छ । जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको बैठकले जिपीएसजडित सुविधायुक्त एम्बुलेन्स सञ्चालन गर्न प्रारम्भिक […]
इलाम, २२ पुस : अलैँचीको भाउ बढेपछि इलामका किसान खुसी भएका छन् । ‘कालो सुन’ भनेर चिनिने अलैँची चार वर्षयताकै उच्च मूल्यमा बिक्री हुन थालेको छ । “अलैँचीको भाउ यति धेरै आउँछ भन्ने लागेको थिएन, आउँदो सालदेखि त जङ्गल फाँडेर सबै अलैँची रोपिन्छ”, सूर्योदय नगरपालिका–१ की इन्दिरा अधिकारीले भन्नुभयो, “कालो सुन भन्थे साँच्चै, सुनजस्तै बहुमूल्य […]
रामपुर (पाल्पा), पुस २० गते। अर्थमन्त्री डा. प्रकाश शरण महतले सहकारीबाट बचतकर्ताको रकम हिनामिना गर्ने कानुनको दायरामा आउने बताउनुभएको छ। सहकारीबाट ठगी भएको घटना आइरहेको सन्दर्भमा बचतकर्ता माथि विश्वास घात गर्नेलाई कानुनको दायरामा ल्याएरै छाड्ने बताउनुभएको हो। अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाको २५ औँ वार्षिक साधारण सभा तथा रजत जयन्ती विशेष समारोहको […]
काठमाडौं, पुस २१ गते । राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनका दलहरू बिचमै सिट बाँडफाँट हुने भएको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सँग कुरा नमिलेकाले सत्ता गठबन्धनबिचमै राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँट गर्ने निर्णय गरेको हो । बैठकका निर्णय सुनाउनुहुँदै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले […]
सिमकोट (हुम्ला), पुस २१ ग्ते । जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लामा रहेका एम्बुलेन्सको नयाँ भाडा कायम गरिएको छ । सिमकोट, खार्पुनाथ र उत्तरी नाम्खा गाउँपालिकाका सडक पुगेका बस्तीमा सञ्चालित एम्बुलेन्सको भाडादरमा एकरुपता ल्याउन किलोमिटरका आधारमा भाडा कायम गरिएको हो । एम्बुलेन्स सञ्चालक समितिसहित प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकले सडक पुगेका बस्तीहरुमा […]
धनगढी, पुस २१ गते । कैलालीको पथरैया र मोहना नदीमा हिउँदमा दुर्लभ डल्फिन पहिलो पटक देखा परेका छन् । टीकापुर नगरपालिका–७ बैदीस्थित डल्फिन संरक्षित क्षेत्रमा हिउँदमा पहिलो पटक डल्फिन देखा परेका हुन् । जलपन्छी गणनाको अवसर पारेर आज नदीमा जलपन्छी अवलोकन गर्न जाँदा मोहना नदीका र पथरैयाको दोभान र पथरैया नदीमा दुई वटा डल्फिन देखा […]
नेपालगन्ज, पुस २१ गते । कतार च्यारिटी नेपालको शैक्षिक सहयोगका कारण बाँकेका १६९ जना अनाथ बालबालिकाको पढाइले निरन्तरता पाएको छ । कतार च्यारिटी नेपालले सामाजिक सुरक्षा परियोजना अन्तर्गत बाँकेका अनाथ बालबालिकालाई पाँच वर्ष अघिबाट सुरु गरेको शैक्षिक सहयोगका कारण उनीहरुको पढाइमा निरन्तरता रहेको हो । कतार च्यारिटी नेपालका कार्यक्रम प्रबन्धक इर्शाद शेषले गरिबी र आर्थिक […]
काठमाडौँ पौष ,२० गते नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौँ जिल्ला समितिले स्थानीय तहहरूमा ट्रेड युनियन विस्तार ,श्रम सम्बन्ध समितिको गठन, श्रमिकको पञ्जीकरण र अनौपचारिक तथा स्वरोजगार श्रमिकहरूलाई सामाजिक सुरक्षा विषयक अन्तरक्रिया कार्यक्रम चन्द्रगिरी नगरपालिकामा सम्पन्न गरेको छ। ७५३ वटै स्थानीय तहमा रहेका सम्पूर्ण अनौपचारिक र स्वरोजगार श्रमिकलाई पञ्जीकरण गराई राज्यले प्रदान गर्ने न्यूनतम पारिश्रमिक, सामाजिक […]
बलेवा (बागलुङ), २१ पुस : केही वर्षअघिसम्म सुत्केरी हुने बेला गोठ खोज्ने बज्रबाङ र स्याउलाका महिला अहिले गर्भ रहेको थाहा पाएदेखि स्वास्थ्यचौकी धाउँछन् । आठ पटक गर्भ जाँच गर्ने तथा स्वास्थ्यचौकीमै सुत्केरी हुने कुरा यहाँका सबै महिलालाई थाहा छ । गाउँमा चालु आर्थिक वर्ष सुरु भएपछि १५ जना सुत्केरी भए । उनीहरु सबै सुरक्षित स्वास्थ्य […]
काठमाडौँ, २१ पुस : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले योग र ध्यानको नियमित अभ्यासबाट सुशासनको अभियानलाई सार्थक बनाउन महत्वपूर्ण सहयोग मिल्ने बताउनुभएको छ । गृह मन्त्रालयको समन्वयमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित ध्यानद्वारा ऊर्जा जागरणको एक दिवसीय कार्यशालाको आज उद्घाटन गर्दैै उपप्रधानमन्त्री श्रेष्ठले समाजलाई सकारात्मक मार्गमा डोहो¥याउन र विश्वभर मानवताको प्रवद्र्धन गर्न योगध्यानको महत्वपूर्ण भूमिका […]