फाप्लुमै मोतिविन्दुको शल्यक्रिया

सल्लेरी (सोलुखुम्बु), २० माघ : हिमाली जिल्ला सोलुखुम्बुमा एक वर्षको अवधिमा एक सय ६५ जनाले जिल्लामै आँखाको मोतिविन्दुको शल्यक्रिया गराएका छन् । सन् २०२३ मा जिल्लाको विभिन्न स्थानमा उनीहरुले मोतिविन्दुको शल्यक्रिया गराएका हुन् । जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लु आँखा केन्द्र प्रमुख विधान ताम्राकारका अनुसार ८५ पुरुष र ८० महिलाको मोतिविन्दुको शल्यक्रिया गरिएको हो । […]

रसुवाको नौकुण्डमा स्वास्थ्य शिविर सञ्चालन

रसुवा, २० माघ : दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिका–१ साङ्युलमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । ग्रामीण बस्तीका बासिन्दालाई स्थानीयस्तरमै निःशुल्क सेवा दिने उद्देश्यले उक्त शिविर सञ्चालन गरिएको हो । इजिप्टको कायरो विश्वविद्यालयमा चिकित्सा शिक्षा अध्ययन गरेर नेपालका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकले स्थापना गरेको एएनएमएस संस्था र नौकुण्ड गाउँपालिकाको संयुक्त आयोजनामा गरिएको स्वास्थ्य शिविरबाट ९० […]

आहा रारा पोखरा गोल्डकप : आर्मी र थ्रिस्टारबीच फाइनल खेल हुने

कास्की, २० माघ : कास्कीको पोखरामा यही माघ ९ गतेदेखि सञ्चालन भएको आहा रारा पोखरा गोल्डकपको २३औँ संस्करणको फाइनल खेल आज हुँदैछ । पोखरा रङ्गशालामा दिउँसो २ बजेदेखि उपाधिका लागि विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र थ्रिस्टार क्लब भिड्ने भएका छन् । आर्मी क्लबले यसअघि चार संस्करणमा प्रतियोगिताको फाइनलमा पुगेर पनि उपाधि जित्न […]

मुख्यमन्त्री कप भलिबल : गण्डकी र एपिएफले उपाधि जित्न खेल्दै

महेन्द्रनगर (कञ्चनपुर), २० माघ : कञ्चनपुरको महेन्द्रनगरमा जारी तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि गण्डकी प्रदेश र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले आज फाइनल खेल खेल्ने भएका छन् । शुक्रबार सम्पन्न सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ३–२ सेटले पराजित गर्दै गण्डकी प्रदेश फाइनलमा प्रवेश गरेको हो । यस्तै त्रिभुवन आर्मी क्लबलाई ३–२ सेटले नै […]

नारायणी किनारमा चियाको प्रदर्शनी गरिने

चितवन, २० माघ : चितवनस्थित नारायणी नदी किनारमा यही माघ २६ र २७ गते नेपाली चियाको बृहत प्रदर्शनी तथा टि टेस्टिङ गरिने भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना र चिया क्षेत्रमा क्रियाशील विभिन्न सङ्घ–संस्थाको सहकार्यमा उक्त प्रदर्शनी आयोजना हुन लागेको हो । ‘स्वदेशमा उत्पादित चियाको सेवन गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर […]

सङ्घीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि

काठमाडौँ, २० माघ : सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को तेस्रो अधिवेशन सोमबारदेखि सुरु हुँदैछ । संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको पहिलो बैठक माघ २२ गते अपराह्न ४ बजेका लागि आह्वान गर्नुभएको हो । यस हिउँदे अधिवेशन सञ्चालनका लागि गर्नुपर्ने प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको पूर्ण तयारी पूरा भएको सङ्घीय संसद् सचिवालयका […]

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ , १९ माघ : आसन्न संसद् अधिवेशनलाई प्रभावकारी बनाउने उद्देश्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको भेटमा उहाँहरुबीच शान्ति प्रक्रियाका बाँकी कामका साथै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलगायत अन्य विषयमा छलफल भएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द […]

गुणस्तर सुधार गर्न सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षणमा जोड

भोजपुर, १९ माघ : टेम्केमैयुङ गाउँपालिका–४ नागीले सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षामा जोड दिएको छ । गाउँपालिकाले विद्यार्थीलाई प्रविधिमैत्री शिक्षणमा जोड दिँदै गुणस्तरमा सुधार ल्याउन पहल थालेको हो । शैक्षिक सुधारका लागि यहाँका शिक्षक तथा कर्मचारीलाई तीन महिने प्रविधिसम्बन्धी आइसिटी तालिम दिएको छ । वडाले शिक्षक तथा कर्मचारीलाई प्रविधिमा दक्ष बनाउँदै, प्रविधिमैत्री पठन÷पाठनमा जोड दिन तालिम […]

हल्का वर्षाको सम्भावना

काठमाडौँ, १९ माघ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । उक्त मौसमी प्रणाली कमजोर रहेकाले अबको दुई दिन मौसम सामान्यतया सफा रहने छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौमसविद गोविन्दकुमार झाका अनुसार आज र शनिबार मौसममा सुधार रहे पनि आगामी आइतबारदेखि देशको पश्चिम भेगबाट पश्चिमी वायुको सक्रियता बढ्ने […]

आइएफआरसीको महासचिवमा पुनः चापागाईं

काठमाडौँ, १९ माघ : विश्वभर मानवीय सेवा गर्ने सञ्जाल भएको सङ्गठन रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा जगन चापागाईंले दोस्रो कार्यकालका लागि कार्यभार सम्हाल्नुभएको छ । उहाँ दक्षिण एसिया एवं नेपालबाट सो पदमा पुग्ने पहिलो नेपाली हुनुहुन्छ । पहिलोपटक सन् २०२० फेब्रुअरी २ मा चापागाईंले उक्त पदको […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल