लुम्बिनी (मर्चवार), २ फागुन : बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको भेटीलगायतबाट हुने आम्दानीको आधा हिस्सा लुम्बिनी सांस्कृतिक नगरपालिकालाई प्रदान गर्न माग गरिइएको छ । लुम्बिनी बचाउ सङ्घर्ष समितिले सो माग गर्दै लुम्बिनी गुरुयोजनाका लागि जग्गा दिनेदेखि संरक्षण र विकासमा स्थानीयको योगदान अतुलनीय रहेको स्पष्ट पारेको छ । समितिले मायादेवी मन्दिर लगायत अन्य स्थानबाट हुने आम्दानी […]
काभ्रेपलाञ्चोक, २ फागुन : काभे्रपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)ले भोलि बिहीबारदेखि ‘अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन’को आयोजना गरेको छ । केयूले नेपालको शैक्षिक इतिहासमा पहिलोपटक तीन दिने सो सम्मेलन आयोजना गर्न लागेको हो । नेपालको उच्च शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्ने तथा अन्तर्राष्ट्रियस्तरमा विश्वविद्यालयको सम्बन्ध स्थापित गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलनको आयोजना गरेको केयूका उपकुलपति प्रा डा भोला थापाले […]
काठमाडौँ, २ फागुन : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसका कारण अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको मौसम बुलेलिटनअनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया […]
जलेश्वर (महोत्तरी), २ फागुन : वसन्त पञ्चमी अर्थात् सरस्वती पूजाका अवसरमा यहाँका किसानले हलो र गोरुको पूजा गरेका छन् । किसानले आजको दिनलाई कृषि कार्यको सुरुआत मान्दै हलो र गोरुको पूजा गर्दछन् । किसानले आ–आफ्ना आँगनमा गाईको गोबरले लिपपोत गरेर, फूलमाला, अक्षता, अबिर, चामल, लड्डुलगायतका वस्तुसहित हलोको एवं गोरुलाई नुहाई नयाँ रङ्गीचङ्गी डोरी लगाएर पूजा […]
अभिव्यक्तिको आफ्नै भाषा र सौन्दर्य हुन्छ। कलासाहित्यका विविध विधा यसैकारण भिन्न स्वभाव र स्वादमा रहन मन पराउँछन्। यस अर्थमा कबिताको पनि मौलिक भाषा, कला, अभिव्यक्ति र सीमा हुन्छन्। यिनै कुराले कवितालाई अरू विधाभन्दा पृथक् अस्तित्वमा राख्छ। सन्दर्भ हो, कवि इन्दु नेपाल योञ्जनको पहिलो कविता–कृति ‘अन्तिम सेलो’। कविले कवितामा प्रत्यक्ष–परोक्ष रूपमा यिनै कुराको वकालत गरेका छन्। […]
काठमाडौँ, १ फागुन : एसिसी महिला प्रिमियर लिग क्रिकेटअन्तर्गत माल्दिभ्सविरुद्धको खेलमा नेपालले टस जितेको छ । मलेसियाको क्वालालाम्पुरमा भर्खरै भएको टसमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितेर पहिला ब्याटिङ रोजेकी छन् । यससँगै माल्दिभ्सले अब पहिला फिल्डिङ गर्नेछ । समूह ‘डी’ को खेलमा नेपालले लगातार दोस्रो जित निकाल्दै चार अङ्कका साथ क्वार्टरफाइनलमा स्थान बनाइसकेको […]
काठमाडौँ, १ फागुन : प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनकारीहरु एकै ठाउँमा गोलबन्द हुनुपर्ने बेला आएको बताउनुभएको छ । उनान्तीसौँ जनयुद्ध दिवसका अवसर पारेर आज दाङ र बर्दियाबाट पार्टीमा समाहित हुने राजनीतिक÷सामाजिक क्षेत्रका अगुवालाई स्वागत गर्दै उहाँले परिवर्तनकारीको सुदृढ एकताबाट मात्रै परिवर्तनका उपलब्धिको रक्षा र विकास गर्न सकिने बताउनुभएको हो । […]
राँझा (बाँके), १ फागुन : बर्दियाकी ३३ वर्षीया अञ्जुदेवी श्रेष्ठ र तनहुँकी ३३ वर्षीया सुप्रिता गुरुङको समलिङ्गी विवाहले कानुनी मान्यता पाएको छ । बढैयाताल–२ बर्दिया निवासी श्रेष्ठ र तनहुँ बन्दीपुर–५ निवासी गुरुङ दुवै महिला हुनुहुनुहुन्छ । करिब पाँच वर्षअघि प्रेम सम्बन्ध जोडेर गरेको विवाहलाई बर्दियाको बढैयाताल गाउँपालिका वडा नं २ कार्यालयले दर्ता गरेपछि श्रेष्ठ र […]
काठमाडौँ, १ फागुन : अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को भ्रमण टोलीले नेपालको अर्थतन्त्रमा विविध चुनौतीका बाबजुद ऊर्जाको पूर्वाधार क्षेत्रमा लगानीमैत्री वातावरण रहेको जनाएको छ । टोलीले नेपालको समग्र अर्थतन्त्रको विकास र स्थितिबारे छलफल गरी भ्रमणको समापनका अवसरमा आफ्ना निष्कर्षहरू सार्वजनिक गरेको छ । कोषका टिडाइन किण्डा नेतृत्वमा आएको भ्रमण टोलीले नेपालको विप्रेषण आय र पर्यटक बढ्दो […]
काठमाडौँ, १ फागुन : नेपाली कांग्रेसले महासमिति बैठकको आवास समन्वय उपसमितिमा १० सदस्य थप गरेको छ । कांग्रेसले पार्टीको यही फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकलाई व्यवस्थित एवं प्रभावकारी बनाउन पार्टीका केन्द्रीय सदस्य मदनबहादुर अमात्यको संयोजकत्वमा रहेको आवास समन्वय उपसमितिमा सदस्य थप गरेको हो । नयाँ थप गरिएका सदस्यमा बागमती प्रदेशका […]