
ललितपुर, ९ फागुन : नेपाली कांग्रेसको ललितपुरमा जारी महासमिति बैठकका क्रममा मङ्गलबार प्रस्तुत प्रतिवेदनमा आजदेखि समूहगत छलफल हुँदैछ । बैठकमा उपसभापति, महामन्त्रीद्वय, प्रवक्ता र लेखा समितिका संयोजकले पेस गरेको प्रतिवेदनमा छलफल गर्न चार समूह बनाइएको पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागका संयोजक मीनबहादुर विश्वकर्माले बताउनुभयो । बैठकमा उपसभापति पूर्णबहादुर खड्काद्वारा प्रस्तुत नीति प्रस्ताव, महामन्त्री गगनकुमार […]
बझाङ, ९ फागुन : निर्मला बाग ‘सरस्वती’ बालभित्ते पत्रिकाको प्रकाशक हुनुहुन्छ । उहाँले प्रकाशन गर्ने पत्रिकाका लागि आफूजस्तै साथीहरूलाई समेटेर सम्पादकीय टोली बनाउनुभएको छ । साथीहरूका समाचार, लेख, रचना सङ्कलन गरेर सम्पादकलाई जिम्मा दिनुहुन्छ । निर्मला भने विज्ञापन तथा सूचनाको खोजीमा लाग्नुहुन्छ । सरस्वतीको सम्पादकको नियुक्ति पाउनुभएको छ, जीवन बागले । जीवनले हरेक महिनाका लागि […]
फिक्कल (इलाम), ९ फागुन : इलामको माङसेबुङ गाउँपालिकामा रु दुई करोड ३३ लाख ६७ हजारको लागतमा चारवटा सिँचाइ आयोजना सुरु भएको छ । माङसेबुङ गाउँपालिका–१ का चार टोलमा सुरु भएको सिँचाइ आयोजनाको शिलान्यास भएको छ । माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले चारवटै योजनाको संयुक्तरूपमा मङ्गलबार अपराह्न शिलान्यास गर्नुभएको हो । गाउँपालिकामा सञ्चालित साना सिँचाइ कार्यक्रमअन्तर्गत […]
सिन्धुपाल्चोक, ९ फागुन : तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँ र तिलगङ्गा सामुदायिक आँखा केन्द्र मेलम्चीको आयोजनामा भएको निःशुल्क आँखा शिविरमा एक हजार ५१ जनाले सेवा लिएका छन् । मेलम्ची, पाँचपोखरी थाङपाल, इन्द्रावती र हेलम्बुका सात स्थानमा हालै शिविर आयोजना गरिएको थियो । मेलम्ची नगरपालिका–४ पिप्लेमा भएको शिविरमा एक सय ९० जना, मेलम्ची–७ मा एक सय ५०, […]
काठमाडौँ, ८ फागुन : पुनः मौसम बदली भएको छ । गए रातिदेखि पश्चिमबाट सुरु भएको मौसम बदली देशभर फैलने क्रममा रहेको छ । यो क्रम बिहीबारसम्म जारी रहने र शुक्रबारबाट पश्चिम क्षेत्र हुँदै क्रमशः सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहशाखाका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । उहाँले आज गण्डकी, कर्णाली […]
सल्लेरी (सोलुखुम्बु), ८ फागुन : पर्यटकीय क्षेत्र सोलुखुम्बुको नाम्चे र खुम्जुङ क्षेत्रमा विद्युत् सेवा अवरुद्ध बनेको छ । गत माघ २२ गते आएको हावाहुरीले ढलेको रुखले खुम्बु विद्युत् कम्पनीको हाइटेन्सन र जमिनमुनिको तारमा क्षति पुगेपछि विद्युत् सेवा ठप्प बनेको हो । यसबाट सगरमाथा क्षेत्र भ्रमणका लागि नाम्चे र खुम्जुङ क्षेत्र पुग्ने स्वदेशी तथा विदेशी पर्यटक […]
काठमाडौँ, ८ फागुन ः नेपाल ‘ए’ले क्यानडा–११ विरुद्धको एकदिवसीय क्रिकेट खेलअन्तर्गत आजको दोस्रो खेलमा टस जितेको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा भर्खरै भएको टसमा नेपाल ‘ए’का कप्तान सन्दीप जोराले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । कप्तान विनोद भण्डारी आज प्लेइङ ११ मा नभएपछि जोराले कप्तानको जिम्मेवारी पाएका हुन् । आजको खेलमा […]
काठमाडौँ, ८ फागुन : नेपाली कांग्रेसको महासमिति बैठकको बन्दसत्र आजदेखि सुरु हुँदैछ । सोमबार उद्घाटनसत्रसँगै सकिएको महासमितिको बैठक आज बिहान ९ बजेदेखि बन्दसत्र सुरु गर्न लागिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा छलफलका लागि पाँचवटा प्रतिवेदन पेस हुन लागेका छन् । मुख्यसचिव पौडेलका अनुसार बैठकमा पार्टीका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काद्वारा […]
धुलिखेल (काभ्रेपलाञ्चोक), ८ फागुन : जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको मुख्य आयोजना तथा जिल्लास्थित सबै पालिकाको आयोजनामा यही फागुन ४ गतेदेखि सञ्चालन भएको ‘बृहत् काभ्रेपलाञ्चोक कृषि महोत्सव, २०८०’ सोमबार सम्पन्न भएको छ । बनेपाको तीनदोबाटोस्थित करुणमार्गमा चार दिनसम्म चलेको महोत्सव करिब ७० हजार दर्शकले अवलोकन गरेको जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले बताउनुभयो । प्रदर्शनीमा […]
काठमाडौँ, ८ फागुन : दोलखा जिल्लाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ४ बजेर ५८ मिनेट जाँदा दोलखा जिल्लाको हाटडाँडा आसपास केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको हो । यही फागुन ४ गते बझाङ जिल्लाको परकाट्ने केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टरस्केलको […]