आजको राशिफल २०८१ साउन ११ – 26, July, 2024, शुक्रबार

मेष–  सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। स्वास्थ्य सबल रहनेछ भने काममा पनि फाइदाको योग छ। ठीक समयमा सही निर्णय लिन सकिनेछ । कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । आम्दानी बढढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । वृष–  व्यापार व्यवसायमा सामान्य फाइदा भए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ […]

खुल्यो टिङ्कर नाका,स्थानीय व्यापारी ताक्लाकोटमा

दार्चुला, साउन १० गते । नेपाल–चीन सीमानाका टिङ्कर खुलेपछि स्थानीय व्यापारी ताक्लाकोट पुगेका छन् । कोभिड–१९ महामारीका कारण बन्द गरिएको यो नाका करिब पाँच वर्षपछि खोलिएको हो । केही दिनपहिले मात्रै चिनियाँ पक्षले नाका खुलेको जानकारी पठाएपछि नेपाली व्यापारी ताक्लाकोट जान थालेका हुन् । व्यास गाउँपालिका–१ का स्थानीय योगेश बोहराले चीनबाट नै व्यापारीलाई आउनु भन्ने खबर पठाएको बताउनुभयो । […]

हैजाको जोखिम

काठमाडौँ, साउन १० गते। चिकित्सकीय पद्धतिको विकास नहुँदासम्म अतिसार अर्थात् हैजा भएका बिरामीलाई पानी खान दिइँदैनथ्यो । जलविनियोजनका कारण प्राण त्याग गरेका घटना बुढापाकाले सुनाउने गरेका छन् । अतिसार भएर इतिहासमा राजा महाराजाको समेत निधन भएको छ । चिकित्सा विज्ञानले निषेध गरिसकेको अवस्थामा पनि विश्वमा एक लाखभन्दा बढीको हैजाबाट मृत्यु हुने गरेको विश्व स्वास्थ्य सङ्गठन […]

आज भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ, साउन १० गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर […]

एघार उद्योग निर्माणाधीन

हेटौँडा, साउन १० गते । क्षेत्रफलका हिसाबले देशकै ठुलो औद्योगिक क्षेत्र हेटौँडा औद्योगिक क्षेत्रमा गत आर्थिक वर्षमा ११ उद्योग निर्माणाधीन अवस्थामा रहेका छन् । तीन हजार २२८ रोपनीमा फैलिएको औद्योगिक क्षेत्रमा आव २०८०÷८१ मा ११७ वटा उद्योग सञ्चालनमा रहेको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी काशिराम घिमिरेले जानकारी दिनुभयो । उहाँले दिएको तथ्याङ्क अनुसार […]

एक वर्षमा एक हजार ३४६ को मृत्यु

काठमाडौँ, साउन १० गते ।  सरकारले विप्रेषणका कारण मुलुकको अर्थ व्यवस्था टिकिरहेको भनिरहँदा आर्थिक वर्ष २०८०-८१ मा एक हजार ३४६ युवाले ज्यान गुमाएका छन् । यो सङ्ख्या यस अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम दाबी गर्नेको हो । यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर […]

सौर्य एयरको विमान दुर्घटनामा १८ यात्रुको निधन

काठमाडौँ, साउन ९  गते : काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ । उक्त जहाज उड्ने क्रममा  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो । विमानमा सवार १८ जनाको शव यत्रतत्र छरिएर रहेका अवस्थामा सङ्कलन गरिएको विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी […]

यी हुन् सौर्य एयरलाइन्सको विमानमा सवार १९ यात्रु (नामसहित)

काठमाडौँ, साउन ९ गते : काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रभित्रै दुर्घटना भएको हो । उड्ने बित्तिकै दुर्घटना हुँदा सौर्य एयरलाइन्सकाे जहाजमा सवार १८ जनाको मृत्यु भएको छ । मृतक सबै जना सौर्य एयरलाइन्सका कर्मचारी हुन् । पाइलट मनीष शाक्यको भने KMC अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । अस्पतालका चिकित्सक […]

सुशासनको पक्षमा काम गरेर बाहिरिएका छौँ : अध्यक्ष प्रचण्ड

काठमाडौँ, साउन ९ गते : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकार सुशासन कायम गर्दै बेदाग सत्ताबाट बाहिरिएको यथार्थलाई जनताले बुझेका बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको आज यहाँ आयोजित स्मृतिसभामा उहाँले सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धिको पक्षमा माओवादी नेतृत्व सक्रियतापूर्वक लागेका बेला अपारदर्शी ढङ्गले सरकार […]

लुम्बिनीमा मुख्यमन्त्री र मन्त्रीहरुको शपथ

बुटवल, साउन ९ गते : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित एमाले र कांग्रेसबाट आठजना बिना विभागीय मन्त्रीहरुले बुधवार बिहान पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराउनुभएको हो । लुम्बिनीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ५ मन्त्रालय पाएका छन् । मन्त्रीहरुको शपथ लिनेहरुमा नेकपा (एमाले) बाट […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ