काठमाडौँ, असार २० गते । प्रत्येक उपभोक्ताको भान्सामा नियमित प्रयोग हुने आयोडिनयक्त नुन बुधबारदेखि लागु हुने गरी प्रतिकेजीमा छ रुपियाँले महँगिएको छ । यसअघि प्रतिकेजी उपभोक्ता मूल्य २० रुपियाँमा कारोबार हुँदै आएको आयोडिन नुन प्रतिकेजीको २६ रुपियाँ पुगेको हो तर २० रुपियाँ खुद्रा मूल्य छँदा नै उपभोक्तालाई २५ रुपियाँमा बेच्दै आएका व्यापारीले अब बढाएर ३० […]
काठमाडौँ, असार २० गते । राष्ट्रिय स्वतन्त्र पार्टी [रास्वपा]ले पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुलुक ढकाललाई एक हप्ताका लागि निलम्बन गरेको छ । पार्टीको अनुशासन आयोगको सिफारिसमा उहाँलाई पार्टीको केन्द्रीय समितिले निलम्बन गरेको हो । बुधबार राति अबेरसम्म बसेको पार्टीको केन्द्रीय समितिको बैठकले डा ढकाललाई बैठकमा अमर्यादित र अनुशासनहीन काम व्यवहार गरेको भन्दै कारबाहीका लागि […]
नेपालगन्ज : भारतसँग सीमा जोडिएको बाँके जिल्लामा डेङ्गु सङ्क्रमणको जोखिम देखिएको भन्दै उच्च सतर्कता अपनाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका सबै पालिकामा डेङ्गुको सङ्क्रमण देखिएको उल्लेख गर्दै नियन्त्रण गर्न लामखुट्टेका लार्भा र प्युपा नष्ट गर्ने अभियान सुरु गर्न लागेको जनाएको छ । बाँकेका डेङ्गु रोग सम्पर्कव्यक्ति दुर्गा गौतमले बाँकेमा चालु आर्थिक वर्षको हालसम्म चार सय […]
धनगढी, असार १९ गते : सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)बिच छलफल भएको छ । केन्द्रमा कांग्रेस एमालेको नयाँ सत्तासमीकरण बन्न थालेपछि प्रदेशमा पनि नयाँ सरकार गठनको कसरत हुन थालेको हो । कांग्रेसको संसदीय दलका नेता कमलबहादुर शाह र एमालेको संसदीय दलका नेता राजेन्द्रसिंह रावलबिच छलफल भएको छ । केन्द्रमा भएको […]
काठमाडौँ, असार १९ गते : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को जारी १०औँ राष्ट्रिय महाधिवेशनका क्रममा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजमा आएका सुझाव आज पेस हुने भएको छ । बाह्र समूह बनाएर गरिएको छलफलबाट प्राप्त सुझाव आजको बैठकमा पेस गर्ने कार्यसूची छ । सम्बन्धित समूहका टोली नेताले सुझाव प्रस्तुत गरेपछि दस्तावेज परिमार्जनसहित अनुमोदन […]
कास्की, असार १९ गते : गण्डकी प्रदेशभर सेवा प्रदान गर्ने गरी ‘ई ड्राइभ नेपाल’ को राइड सेयरिङ एप सञ्चालनमा ल्याइएको छ । ई ड्राइभ गण्डकी नेपाल र ई ड्राइभ नेपालले सहकार्य गर्दै राइड सेयरिङ एप सञ्चालनमा ल्याइएको हो । गण्डकीका १० जना युवाको पहलमा एप सञ्चालनमा ल्याएको ई ड्राइभले केही समयमै सेवा शुभारम्भ गर्ने छ । यात्रुले प्लेस्टोर […]
भैरहवा, असार १९ गते : नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारणगृह निर्माण प्रक्रिया तीव्रगतिमा अघि बढाएको छ । ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा धमाधम तटबन्ध निर्माणसँगै जमिन सम्याइँदै छ । हालसम्म ७० प्रतिशत सम्पन्न भएको निर्माणमा संलग्न इन्जिनियर हीरामणि खनालले जानकारी दिनुभयो । पछिल्लो ५० वर्षको बाढीको अवस्थालाई […]
काठमाडौँ, असार १९ गते : काठमाडौँको सोह्रखुट्टेमा सडक भासिएको छ । बिहान करिब ५ः३० बजे ठुलो आवाजका साथ सडक भासिएर पानी निस्किएको काठमार्डौं महानगरपालिका १६ का कार्यवाहक वडाध्यक्ष पुष्प महर्जनले जानकारी दिनुभयो । बुधवार सोह्रखुट्टे—बालाजु सडक खण्डमा करिब ११ फिट गहिरो खाल्डो परेको हो । बुधवार बिहान काठमाडौँ महानगरपालिका १६ नयाँबजारस्थित कुमारी टोलको गेट अगाडि […]
मेष–पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबन्डाको समय छ, व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ। सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ। बिनाकारण आफन्तजनबाट टाढिनुपर्नेछ। मातापिताका बारेमा चिन्ता बढ्नेछ। विशवासपात्रले धोका दिनेछन्। वैदेशिक रोजगारीमा केही समस्या आउनेछन् । वृष–एक्लोपनाको अनुभूति हुनेछ। राहुको प्रभावले विवाद, धनहानि, लाञ्छना जस्ता समस्या आउन सक्छन्। पारिवारिक असमझदारी, बन्धुबान्धवसँग मनमोटाव र छटपटी बढ्ने […]
काठमाडौँ, असार १८ गते । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसइई पूरक परीक्षाको तालिका सार्वजनिक गरेको छ । सोमबार बसेको राष्ट्रिय परीक्षा बोर्डको निर्णय अनुसार साउन २३ गते देखि सुरु गर्ने गरी आज तालिका सार्वजनिक गरेको छ । २०८० साल चैत्र १५ गते देखि सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा नियमित परीक्षार्थीको रूपमा […]