alliance khabar

बुधबार, साउन ३०, २०८१

काठमाडौँ, साउन ३० गते ।

विगत आठ दिनदेखि यहाँस्थित माइतीघर मण्डलामा प्रदर्शन गर्दै आएका दलित अभियानीहरूले सरकार निर्माण तथा राजनीतिक नियुक्तिलगायत सबै क्षेत्रमा दलित समुदायको समानुपातिक समावेशी प्रतिनिधित्वको माग गरेका छन् ।

आज दिउँसो प्रदर्शनस्थल माइतीघर मण्डलामा आयोजित पत्रकार सम्मेलनमा दलितका लागि दलित अभियान, नेपालका संयोजक खगेन्द्र सुनारले राज्यका हरेक संरचनामा दलित समुदायको समान सहभागिता हुनुपर्ने माग गर्नुभयो ।

सङ्घीय संसद् भवन नयाँबानेश्वर अगाडि निषेधित क्षेत्रमा प्लेकार्डसहित प्रदर्शन गर्न खोज्दा संयोजक सुनारलाई मङ्गलबार प्रहरीले पक्राउ गरी आज रिहा गरेको थियो । उहाँले आठ दिनदेखि हातखुट्टामा साङ्लाले बाँधिएर आन्दोलन गर्दै आउनुभएको छ । आफ्ना माग पूरा नभएसम्म प्रदर्शनी जारी राख्ने संयोजक सुनारले बताउनुभयो । पक्राउको विरोधमा राष्ट्रिय दलित आयोगलगायत दलित समुदायका सङ्घसंस्थाले विज्ञप्ति जारी गर्दै प्रदर्शनकारी सुनारका जायज माग पूरा गर्नुपर्ने माग गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल