Alliancekhabar

सोमबार, साउन २८, २०८१

म्याग्दी, साउन २८ गते : म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ९, आँखखेत कालिमुलस्थित जङ्गलमा आइतबार मानव कंकाल र केही सामग्री फेला परेको छ । फेला परेको मानव शरीरको अस्थिरपञ्जर  विगत ८ महिनादेखि बेपत्ता स्थानीयवासी १९ वर्षीय मिना परियारको भएको आशङ्का गरिएको छ ।

स्थानीयले दिएको सूचनाका आधारमा आइतबार साँझ जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठ, जनप्रतिनिधि र चिकित्सकसहित पुगेको प्रहरीको टोलीले फेला परेको कंकाल र अन्य सामग्री सङ्कलन गरेको थियो । मानव कंकाल फेलापरेको उक्त स्थान गिठेनी पोखरा वस्तीदेखि करिब दश मिनेटको दूरीमा पर्दछ ।

माटोमुनी गाडेको अवस्थामा शव फेला परेको र घटनास्थलमा फेला परेका सबै सामग्रीहरु  सङ्कलन गरेर बेनी ल्याइएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक श्रेष्ठले भन्नुभयो, ‘‘प्रहरी टोली पुगेर माटो मुनी गाडिएको अवस्थामा रहेको शवलाई निकालेर ल्याएका छौं । सङ्कलन भएको कंकाल र सामग्री बेनी अस्पतालमा राखेका छौं । मानव कंकाल र अन्य प्रमाणहरुको परक्षीणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौँमा पठाउँछौं ।’’ आफन्त र स्थानीयवासीहरुले उक्त मानव अस्थिपञ्जर बेपत्ता परियारकै भएको आशङ्का गरेको उहाँको भनाइ छ ।

फेला परेको मानव कंकाल र सामग्री विगत ८ महिनादेखि बेपत्ता परियारको भएको हुनसक्ने वडाध्यक्ष चक्रबहादुर केसीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘फेला परेको सुनको सिक्री, चप्पल र कपाल बेपत्ता परियारकै भएको परिवारले दावी गरेका छन् । बाँकी कुरा अनुसन्धानपछि पहिचान होला ।’’

गंगटा खोज्दै गएका स्थानीयहरुले जमिनमा गाडेको अवस्थामा आइतबार दिउँसो ३ बजेको समयमा मानव कंकाल, चप्पल, कपडा भेट्टाएपछि गाउँमा खबर गरेको वडाध्यक्ष केसीले बताउनुभयो ।

प्रहरीको टोलीले घटनास्थलबाट कंकाल तथा सम्पूर्ण सामग्री सङ्कलन गरेर अनुसन्धान थालेको जनाएको छ । कंकाल, सामान र उजुरीबारे प्रमाणीक अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउने प्रहरीले जनाएको छ । परियार २०८० पुस १६ गते रातीदेखि घरबाटै बेपत्ता हुनुभएको थियो ।

परियारलाई बेपत्ता बनाएको आरोपमा प्रहरीले स्थानीय युवा राम खत्रीलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । खत्रीलाई पुर्पक्षमा राखेर अनुसन्धान गर्ने जिल्ला अदालतले आदेश दिएको थियो । हाल कारागारमा रहेका खत्रीले प्रहरीको अनुसन्धानमा मीनासँग प्रेम सम्बन्ध रहेको बयान दिएको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल