alliance khabar

आइतबार, साउन २७, २०८१

तम्घास, साउन २७ गते ।

गुल्मी जिल्ला अदालतमा गत आर्थिक वर्षमा ६५ जना पुरुषले सम्बन्धविच्छेद गरिपाऊँ भनी मुद्दा दर्ता गराएका छन् । जसमध्ये ४३ मुद्दा फर्स्योट भएको र २२ वटा मुद्दा फर्स्योट गर्न बाँकी रहेको अदालतका सूचना अधिकारी कमल पन्थीले जानकारी दिनुभयो । पन्थीका अनुसार गत आवमा अदालतमा ३८३ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकोमा ३१० मुद्दा फस्र्योट भएको र ७३ मुद्दा फर्स्योट गर्न बाँकी रहेका छन् । पुरुषवादी पक्ष भएका ६५ मध्ये ४३ र महिलावादी पक्ष भएका ३१८ मध्ये २६७ मुद्दा फर्स्योट भएका छन् ।

आव २०७९/८० मा ७३ जना पुरुषले सम्बन्धविच्छेद गरिपाऊँ भनी मुद्दा दर्ता गराएका थिए । सम्बन्धविच्छेदसम्बन्धी परेको कुल ३८२ थान मुद्दामध्ये ७३ जना पुरुषले सम्बन्धविच्छेद गरिपाऊँ भनी मुद्दा दर्ता गराएका थिए । मुलुकी देवानीसंहिता २०७४ अनुसार पुरुषले पनि सोझै अदालतमा गई सम्बन्धविच्छेद गरिपाऊँ भनी मुद्दा दर्ता गर्न सक्ने भएपछि पुरुषले पनि सम्बन्धविच्छेदका मुद्दा दर्ता गराएको पन्थीले बताउनुभयो  । विशेष गरी श्रीमान् वैदेशिक रोजगारीमा रहँदा श्रीमतीले आर्थिक हिनामिना गर्ने, आन्तरिक झैझगडा र परपुरुषसँगको सम्बन्धका कारण पुरुषले सम्बन्धविच्छेदका मुद्दा दर्ता गर्ने गरेको उहाँको भनाइ छ ।

यस्तै महिलाले पुरुषसँग सम्बन्धविच्छेद गरिपाऊँ भनी दर्ता गरेका ३०९ थान मुद्दामध्ये २७२ थान मुद्दा फर्स्योट भएको र ३७ थान मुद्दा फर्स्योट गर्न बाँकी रहेका छन् । महिलाले सम्बन्धविच्छेदका मुद्दा दर्ता गर्नुका कारणमा घरेलु हिंसा, कुटपिटलगायत रहने गरेको अदालतले जनाएको छ । गत आवमा जिल्ला अदालत गुल्मीमा कुल ६७४ थान मुद्दा रहेकामा ४८० थान मुद्दा फर्स्योट भएको र बाँकी १९४ मुद्दा रहेको अदालतले जनाएको छ । अदालतको लक्ष्य अनुसार वार्षिक रूपमा फैसला गर्नुपर्ने मुद्दाको सङ्ख्या ४५४ मध्ये असार मसान्तसम्म ४८० थान मुद्दा फर्स्योट भएकाले लक्ष्यभन्दा २६ मुद्दा बढी फर्स्योट भएको सूचना अधिकारी कमल पन्थीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल