alliance khabar

बुधबार, साउन २३, २०८१

सुलीकोट, साउन २३ गते ।

गोरखामा माध्यमिक शिक्षा परीक्षा (एसइई ) को ग्रेड वृद्धि परीक्षाको लागि झण्डै २४ सय परीक्षार्थी सहभागी भएका छन् । बुधबारदेखि ३१ गतेसम्म सञ्चालन हुन लागेको एसइई ग्रेड वृद्धि परीक्षाका लागि जिल्ला भरका १३४ माध्यमिक विद्यालयका २४ सय ६५ जना परीक्षार्थीमध्ये २३ सय ६९ जनाले फाराम भरेका जिल्ला शिक्षा तथा समन्वय एकाइ गोरखाका प्रमुख रमेशराज मैनालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्ला भर ६६ प्रतिशत एनजी ल्याउनेहरुमा सबैभन्दा बढी जिल्लाभर गणितमा १६ सय र विज्ञानमा १५ सय परीक्षार्थीहरु सहभागी भएका छन् भने अन्य विषयमा निकै कम एनजी ल्याएका उहाँले बताउनुभयो ।

एसइई परीक्षा सञ्चालनका लागि महालक्ष्मी मावि लक्ष्मीबजार, महेन्द्रज्योति मावि पोखरीथोक, शक्ति मावि पाटेचौर, सरस्वती मावि आहाले, भवानी मावि ठाँटीपोखरी र भीमोदय मावि आरुघाट परीक्षा केन्द्र तोकेको उहाँले बताउनुभयो ।

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिकाका जम्मा २३ विद्यालयका ४ सय १६ जना परीक्षार्थीहरुको केन्द्र भिमोदय मावि आरुघाटमा तोकिएको छ ।

त्यस्तै बारपाक सुलीकोट गाउँपालिका, भिमसेन थापा गाउँपालिका र शहिद लखन गाउँपालिका २६ विद्यालयका ४२० जना परीक्षार्थीहरुको केन्द्र गोरखा नगरपालिकाको सरस्वती मावि आहालेमा तोकिएको छ ।

त्यस्तै, पालुङटार नगरपालिका र अजिरकोट गाउँपालिकाका जम्मा २२ विद्यालयका ४२२ परीक्षार्थीहरुको केन्द्र भबनी मावि ठाँटीपोखरीमा केन्द्र तोकिएको छ । गण्डकी गाउँपालिका र सिरानचोक गाउँपालिकाका २७ विद्यालयका ४०७ जना परीक्षार्थीहरुको केन्द्र गोरखा नगरपालिकाको महालक्ष्मी मावि लक्ष्मी बजारमा तोकिएको छ ।

गोरखा नगरपालिकाका २४ विद्यालयका चार सय जना परीक्षार्थीहरु गोरखा नगरपालिकाको महेन्द्र ज्योति मावि पोखरीथोक केन्द्र तोकिएको छ । परीक्षार्थीका लागि तोकिएको परीक्षा केन्द्रमा विद्यार्थी सङ्ख्या बढी भए पछि आरुघाट, पालुङटार, बारपाक सुलीकोट, शहिदलखन र गोरखा नगरपालिकाका १३ विद्यालयका चार सय विद्यार्थीहरुलाई शक्ति मावि पाटेचौरमा केन्द्र तोकिएको जिल्ला शिक्षा समन्वय एकाइ गोरखाले जनाएको छ ।

माध्यमिक शिक्षा परीक्षा एसइईको ग्रेड वृद्धि पूरक परीक्षा आज साउन २३ गते ११ बजेबाट सुरु हुने भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल