alliance khabar

बुधबार, साउन २३, २०८१

चितवन, साउन २३ गते ।

 पहिरो पन्छाउने क्रममा माथिबाट आएको पहिरोले लाग्दा लोडर चालक घाइते भएका छन् ।

चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा ढुङ्गासहित खसेको पहिरो हटाउने क्रममा माथिबाट ढुङ्गा माटो खस्दा लोडरका चालक गल्छी गाउँपालिका ६ बस्ने ४६ वर्षीय लीलाधर अधिकारी घाइते हुनुभएको हो ।

पृथ्वी राजमार्गमा नाग्दी खोलमा बिहान करिब ७ः४० बजे गएको पहिरो हटाउने क्रममा ९ः३० बजेको समयमा माथिबाट आएको ढुङ्गाले लागेर अधिकारी घाइते हुनुभएको चितवन प्रहरीले जानकारी दिएको छ ।

उहाँको देब्रे हातमा चोट लागेको छ । घाइते अधिकारीको भरतपुर अस्पतालमा उपचार भइराखेको छ । ठुलो सुख्खा पहिरो खसेकाले पन्छाउन केही समय लाग्ने प्रहरीले जानकारी दिएको छ । अहिले एउटा स्काभेटर र एउटा लोडरले पहिरो पन्छाउने काम गरिहेका छन् ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल