alliance khabar

शुक्रबार, साउन १८, २०८१

ताप्लेजुङ, साउन १८ गते ।

हावाहुरी र अविरल वर्षाका कारण ताप्लेजुङको फुङ्लिङ नगरपालिकाको कृषि बालीमा क्षति गरेको छ । राति करिब ११ बजेपछि मेघ गर्जनसहित आएको पानी, हावाहुरी र वर्षाले फुङ्लिङ नगरपालिका–९, हाङ्देवामा मकैलगायतका बालीमा क्षति गरेको हो ।

हाङ्देवाका वडाध्यक्ष लक्ष्मण गुरुङका अनुसार साविक वडा १, २, ३ र ९ मा किसानले लगाएको कृषि बालीमा क्षति पु-याएको छ । वर्षा र हावाहुरीले मकैबाली, तरकारी बाली, नगदेबाली अलैँचीलगायतमा क्षति पु-याएको वडाध्यक्ष गुरुङले बताउनुभयो । हावाहुरीले घोगा लाग्ने बेला मकैबाली ढालेर सोत्तर बनाएको स्थानीय किसानले बताएका छन् । त्यस्तै बन्दाकोपीलगायत तरकारी बालीमा पनि क्षति पुगेको छ । फूल खेल्दै र दाना लाग्न सुरु भएको अलैँची बालीमा पनि क्षति पुुगेको किसानले बताएका छन् ।

वडाध्यक्ष गुरुङले खेती बालीसँगै भलबाढीले सडकमा समेत क्षति गरेपछि बुधबार बिहानैदेखि यातायात सेवा अवरुद्ध भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ